Kathmandu Press

संसद् पत्रकारका लागि खुला हुनुपर्छ : नर्वेका राजदूत ड्राम्दाल

संसद् पत्रकारका लागि खुला हुनुपर्छ : नर्वेका राजदूत ड्राम्दाल
Hardik ivf

विराटनगर, चैत १ : युएनडिपी संसदीय सहयोग परियोजना र संसदीय पत्रकार मञ्च कोसी प्रदेशबीच आज यहाँ छलफल भएको छ । परियोजनाबाट भएको सहयोगले मञ्चलाई के कति उपलब्धि हासिल भयो र आगामी दिनमा कस्तो सहयोग आवश्यक पर्ने विषयमा सुझाव लिने छलफलको उद्देश्य रहेको थियो ।
    
सो अवसरमा नेपालका लागि नर्वेका राजदूत तोरुन ड्राम्दालले जनताको आवाज बुलन्द गर्ने पत्रकारले संसदीय रिपोर्टिङमा विशेष ध्यान दिनुपर्ने बताए । उनले नर्वेको संसदीय पत्रकारको अनुभव सुनाउँदै संसद् पत्रकारको लागि खुला हुनुपर्ने विचार राखे ।

कार्यक्रममा युएनडिपीका टिम लिडर यामबहादुर किसान र परियोजनाका प्रमुख राजबहादुर श्रेष्ठले मञ्च र संसद्को विषयमा बोलेका थिए। कार्यक्रममा मञ्चका संयोजक गणेश लम्साल, उपाध्यक्ष बाबुराम भण्डारी, सचिव कुमार लुइँटेल, सल्लाहकार विवेक गौतम, पत्रकार विनु तिमिल्सेना, राजु अधिकारी, तारा आचार्यले पनि संसदीय रिपोर्टिङका बारेमा आआफ्ना अनुभव सुनाएका थिए।

प्रकाशित मिति: १९:२८ बजे, बुधबार, चैत १, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्