Kathmandu Press

जापानी राजदूतावासको समारोहमा उपराष्ट्रपति पुन

जापानी राजदूतावासको समारोहमा उपराष्ट्रपति पुन
Hardik ivf

काठमाडाैं, चैत १ : उपराष्ट्रपति नन्दबहादुर पुन जापानका सम्राटको शुभ जन्मोत्सवका अवसरमा नेपालका लागि नेपाली राजदूत किकुता उताकाले आज यहाँ आयोजना गरेकाे स्वागत समारोहमा उपस्थित भए ।

सो समारोहमा पूर्वप्रधानमन्त्री, मन्त्रिगण, सांसद, नेपाल सरकारका विशिष्ट पदाधिकारी, नेपालस्थित विदेशी कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधिलगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वको सहभागिता थियो । 

सो समारोहमा राजदूत किकुताले जापान र नेपालबीच विगत निकै लामो समयदेखि घनिष्ट एवं सौहार्दपूर्ण सम्बन्ध रहिआएको उल्लेख गर्दै नेपालका विभिन्न क्षेत्रमा जापान सरकारले सहयोग पुर्‍याउँदै आएको र आगामी दिनमा सहयोग आदानप्रदान निरन्तर रहने बताए।

प्रकाशित मिति: १९:०० बजे, बुधबार, चैत १, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्