Kathmandu Press

बलात्कार मुद्दामा पवन कठायतलाई सफाइ, बिनु भन्छिन्– निरन्तर लडिरहन्छु

रामेछाप जिल्ला अदालतकी न्यायाधीश इन्दिरा शर्माको एकल इजलासले प्रमाण नपुगेको भन्दै कठायतलाई सफाई दिएको हो ।  
बलात्कार मुद्दामा पवन कठायतलाई सफाइ, बिनु भन्छिन्– निरन्तर लडिरहन्छु
Hardik ivfHardik ivf

काठमाडौं, चैत १ : बलात्कार आरोपित रामेछापका पवनकुमार कठायतले अदालतबाट सफाई पाएका छन्। 

सोलुखुम्बकी २९ वर्षीया बिनु यादवले कठायतविरुद्ध बलात्कार र कुटपिटको आरोप लगाउँदै गत भदौ २० गते जिल्ला अदालत रामेछापमा मुद्दा दायर गरेकी थिइन् । उक्त मुद्दाको सोमबार फैसला गर्दै न्यायाधीश इन्दिरा शर्माको एकल इजलासले प्रमाण नपुगेको भन्दै कठायतलाई सफाई दिएको हो ।  

विनु यादव विगत तीन वर्षदेखि कठायत परिवारसँग न्यायिक लडाईँ लडिरहेकी छन् । पवनकुमार कठायत बिनुकी काका ससुरा हुन् । श्रीमान् प्रदीप कठायतबाट अवहेलनामा परेको अवस्थाको फाइदा उठाउँदै काका ससुरा पवनकुमारले आफूमाथि जबरजस्तीकरणीको प्रयास गरेपछि अदालत पुगेकी बिनुको विपक्षमा फैसला आएको हो । 

रामेछापको उच्च घरानामा गनिने कठायत परिवारले पैसाको बलमा न्यायिक निकायहरुलाई आफ्नो पक्षमा लिएको बिनुले आरोप लगाउँदै आएकी छन् । प्रशासन र न्यायलयले न्याय नदिएपछि बिनु अहिले काठमाडौंमा सडक आन्दोलनमा छिन् । 

के हो घटना ? 

सोलुखुम्बुकी बिनु र रामेछापका प्रदीपबीच पाँच वर्षअघि ०७४ मा भेट भएको थियो । उनीहरुबीचको चिनापर्ची प्रेममा बदलियो । प्रेम सम्बन्धमै रहँदा प्रदीपले विनुलाई विवाहको आश्वासन दिएर शारीरिक सम्पर्क राखे । त्यसक्रममा विनु गर्भवती भइन् । प्रदीपले गर्भपतनका लागि निरन्तर दबाब दिन थाले । विवाह नै गर्ने सहमति भइसकेका कारण विनु त्यो गर्भलाई फाल्न चाहन्नथिन् । यहीँबाट शुरु भएको हो उनीमाथिको अन्यायको श्रृंखला । 

गर्भवतीकै समयमा असहज महशुस हुन थालेपछि स्वास्थ्य परीक्षणका लागि विनु ०७५ चैत्र २० गते त्रिवि शिक्षण अस्पताल महाराजगंज पुगेकी थिइन् । परीक्षणका क्रममा उनको गर्भनलीमा बच्चा बसेकोकोले तत्काल शल्यक्रिया गर्नुपर्ने भयो । त्यतिबेला प्रदीप रामेछापमै थिए । चैत २२ गते काठमाडौं आएर विनुलाई अस्पतालबाट प्रदीपले नै डिस्चार्ज गरी सिनामंगलस्थित एक होटलमा लगरे राखि आफू गाउँ फर्किएका थिए।    

त्यस्तो अवस्थामा पनि बिनु दुईदिनसम्म सिनामंगलको होटलमा एक्लै बसिन् । चैत २४ गते मात्रै उपस्थित भएका प्रदीपले आफूमाथि जबरजस्तीकरणी गरेको बिनु बताउँछिन् । कमजोर र सिलाइएको शरीर लिएर संवेदनशील अवस्थामा  पनि यौनसम्पर्क राख्न खोजेपछि सिलाइएको टाँका फुटेको र आफू  अत्यन्त गम्भीर अवस्थामा शिक्षण अस्पताल पुगेको उनी बताउँछिन् । अस्पतालबाट फर्किएपछि प्रदीप सम्पर्कविहीन बनेका थिए ।   

प्रदिप बेखबर भएपछि उनी आफू काम गर्न कार्यालयमा दुईसाता बसेकी थिइन् । दुईसातासम्म नफर्किएपछि ०७६ बैशाखमा महानगरीय प्रहरी परिसर काठमाडौंको महिला तथा बालबालिका सेवा केन्द्र कालीमाटी पुगेर प्रदीपविरुद्ध जाहेरी दिएकी थिइन् । जाहेरीमा आफू प्रदीपबाट बलात्कृत भएको उल्लेख गरेकी थिइन् । तर, प्रदीप र उनका परिवारबाट विवाहको आश्वासनसँगै धम्की आउन थालेपछि विनु जाहेरी फिर्ता लिन वाध्य भएकी थिइन् । 

जाहेरी फिर्ता लिएपछि प्रदीपसँगको सम्बन्ध सुधार हुने आशमा थिइन् । तर, उनले सोचेजस्तो भएन् । आफू बलात्कार मुद्दाबाट जोगिन मात्रै प्रदीपले विवाहको आश्वासन दिएको बिनुले पछि मात्रै थाहा पाइन् ।०७६ जेठ देखि मंसिसम्म पवनले बिनुलाई भक्तपुरको ठिमीस्थित घरमा राखे । मंसिर २५ मा भद्रकालनीस्थित हिन्दु परम्पराअनुसार विवाह भयो । २६ गते बिनुलाई लिएर प्रदीप रामेछाप पुगे । रामेछाप लगेर प्रदिपले बिनुलाई काका ससुरा (पवन कठायत ) को होटलमा राखे । बिनु काका ससुरको होटलमा बस्न थालिन्। 

binu yadhva1670417266.jpg

बिनुका अनुसार, प्रदीप र उनका घरपरिवारले नराम्रो व्यवहार गर्न थालिसकेका थिए। श्रीमान र घरका अन्य सदस्यहरुले हेला गर्न थालेपछि काका ससुरा पवनकुमार कठायतले त्यसको फाइदा उठाउन खोजे । काका ससुराले बिनुका शरीरमा जथाभावी छुन थाले । काका ससुराको व्यवहार प्रदिपलाई सुनाएपनि विश्वास नगरेको र उल्टै आफूमाथि आरोप लगाएर मानसिक यातना दिइन थालिएको उनको भनाई छ । त्यही बेलाको विषयमा बिनुले जिल्ला अदालतमा मुद्दा दिएकी थिइन् । विवाहपछि पनि आफू गर्भवती भएको तर परिवारले जबरजस्ती औषधी खुवाएर आफ्नो गर्भ तुहाइदिएको बिनको आरोप छ 

आफू कानुनी लडाईमा पटकपटक हारेको उनी बताउँछिन् । न्याय नपाएपछि उनले अदालतमै विष सेवन गरेकी थिइन् । अहिले प्रदिपले आफूसँग सम्बन्ध विच्छेद गर्न दबाब दिइरहेको उनी बताउँछिन्।  तर, बिनुले अहिलेसम्म हस्ताक्षर गरेकी छैनन् । न्याय नपाउन्जेलसम्म सम्बन्ध विच्छेद नगर्ने पक्षमा रहेको उनी सुनाउँछिन् । ‘ अदालतले पनि पीडककै पक्षमा फैसला ग¥यो तर म मेरो लडाईँबाट पछि हट्दिनँ,’ उनले भनिन् । 

सम्बन्धित समाचार

‘ज्यान मार्ने धम्की आइरहेको छ, तर म न्याय नपाएसम्म लडिरहन्छु’

 

प्रकाशित मिति: १५:४० बजे, बुधबार, चैत १, २०७९
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्