Kathmandu Press

मलमा दिइँदै आएको अनुदान कटौती गरिएको भन्दै विरोध प्रदर्शन

उनीहरुले अहिले सांकेतिक विरोध मात्रै भएकाले सरकारको निर्णय फिर्ता नभए देशव्यापी आन्दोलन गर्ने चेतावनी दिएका छन्।
मलमा दिइँदै आएको अनुदान कटौती गरिएको भन्दै विरोध प्रदर्शन

काठमाडौं, चैत १ : रासायनिक मलमा दिइँदै आएको अनुदान कटौती गरिएको भन्दै राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक किसान संगठनले काठमाडौंमा विरोध प्रदर्शन गरेको छ।

अनुदान कटौती गर्ने सरकारको निर्णय किसान विरोध रहेको भन्दै उनीहरुले काठमाडौंको माइतिघरमा विरोध प्रदर्शन गरेका हुन्। प्रदर्शनमा सहभागीहरुले हाम्रो खुसी अन्न र उपज, हाम्रो उत्पादनमा मलको सहज, खेत त जोगियो, मल बिउ कहा छ लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए।

Hardik ivf

उनीहरुले तत्काल सरकारले अनुदान कटौतीको निर्णय फिर्ता दिनुपर्ने माग गरेका छन्। चेकजाच नगरि भारतीय तरकारी भित्राएर किसालको उत्पादनलाई महत्व नदिने, रसायनिक मलको अनुदान कटौती गरेर स्वदेशी उत्पादनको मूल्यवृद्धि गर्ने काम तत्काल रोकिनुपर्ने राप्रपाको युवा संगठन राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका अध्यक्ष सुजित केसीले बताए।

उनीहरुले अहिले सांकेतिक विरोध मात्रै भएकाले सरकारको निर्णय फिर्ता नभए देशव्यापी आन्दोलन गर्ने चेतावनी दिएका छन्।

यसअघि सरकारले रासायनिक मलमा किसानलाई दिँदै आएको अनुदान समग्रमा ११ दशमलब ८ प्रतिशतले घटाउने निर्णय गरेको थियो। अनुदान कटौतीसंगै रासायनिक मल बढ्ने देखिएको छ।

प्रकाशित मिति: १३:३३ बजे, बुधबार, चैत १, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्