लुम्बिनी प्रदेश कांग्रेसको सचेतकमा निमा गिरी नियुक्त
प्रदेश सभा सांसद गिरीलाई सचेतकमा कांग्रेस संसदीय संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले नियुक्त गरेका हुन् ।
काठमाडौं, फागुन ३० : नेपाली कांग्रेस लुम्बिनी प्रदेश सचेतकमा निमा गिरी नियुक्त भएकी छन्।
प्रदेश सभा सांसद गिरीलाई सचेतकमा कांग्रेस संसदीय संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले नियुक्त गरेका हुन् ।
गिरी गत मंसिरमा भएको चुनावमा समानुपातिकतर्फबाट सांसद बनेकी थिइन्।
गिरी कांग्रेस लुम्बिनी प्रदेश सहमहामन्त्री समेत हुन् ।
प्रकाशित मिति: ०८:२९ बजे, मंगलबार, फागुन ३०, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार