Kathmandu Press

सबैलाई बिजुली गाडी प्रयोग गर्न कुलमान घिसिङकाे आह्वान

काठमाडौंमा आज (सोमबार) आयोजित एक कार्यक्रममा बोल्दै उनले बिजुलीमा गरिएको लगानीसँगसँगै बिजुली खपत पनि बढाउने कार्ययोजना रहेकाले त्यहीअनुरूप बिजुली गाडीहरू आइरहेका बताए।
सबैलाई बिजुली गाडी प्रयोग गर्न कुलमान घिसिङकाे आह्वान

काठमाडौं, फागुन २९ : नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कम खर्च हुने र वातावरण प्रदूषणलाई कमी गर्न पनि सघाउने भएकाले सबैलाई बिजुली गाडी प्रयोग गर्न आह्वान गरेका छन्।

काठमाडौंमा आज (सोमबार) आयोजित एक कार्यक्रममा बोल्दै उनले बिजुलीमा गरिएको लगानीसँगसँगै बिजुली खपत पनि बढाउने कार्ययोजना रहेकाले त्यहीअनुरूप बिजुली गाडीहरू आइरहेका बताए। उनले पेट्रोल तथा डिजलबाट चल्ने गाडीहरूभन्दा बिजुलीबाट चल्ने गाडी कैयौं गुणा सस्तो पर्ने बताए।

Hardik ivf

घिसिङले बिजुलीको गाडीको प्रयोगले प्रदूषण पनि घट्ने भन्दै बिजुली गाडी प्रयोग गर्नुको फाइदा मात्रै भएको बताए। वातावरणीय र स्वास्थ्य सुरक्षाको दृष्टिले बिजुली गाडी नै उपयुक्त भएको उनले बताए। 

‘बिजुलीको खपत बढाउने कार्ययोजनाअन्तर्गत बिजुली गाडीहरू आइरहेको छ, त्यसका लागि सबैलाई बिजुली गाडी प्रयोग गरिदिनुहुन आह्वान गर्छु,’ उनले भने, ‘बिजुली गाडीको फाइदा मात्रै छ। बिजुली स्कुटरमा प्रतिकिलोमिटर २५ पैसादेखि ३० पैसा खर्च लाग्छ। जबकि पेट्रोल, डिजलबाट चल्ने स्कुटरमा प्रतिकिलोमिटर १०–१२ रुपैयाँ खर्च हुन्छ।’

बिजुली गाडीमा प्रतिकिलोमिटर खर्च एक रुपैयाँभन्दा कम अर्थात् ६० पैसादेखि ९० पैसाको हाराहारीमा रहेको उनले बताए। तर पेट्रोल, डिजलबाट चल्ने गाडीमा प्रतिकिलोमिटर १५–२० रुपैयाँ खर्च पर्ने उनको भनाइ थियो।

‘बिजुली गाडीमा मर्मत खर्च पनि निकै कम हुन्छ। बिजुली गाडीको प्रयोगले प्रदूषण पनि घट्छ। आउँदा दिनमा सबैले बिजुली गाडी प्रयोग गरौं,’ उनले भने। घिसिङले नेपालमा बर्खायाममा पर्याप्त बिजुली रहेको र दुई वर्षभित्र हिउँदमा पनि बिजुली पुग्ने स्थिति रहेको जानकारी दिए।

प्रकाशित मिति: १५:१२ बजे, सोमबार, फागुन २९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्