Kathmandu Press

६ सयले बढ्यो सुनको मूल्य, तोलाको कति ? 

६ सयले बढ्यो सुनको मूल्य, तोलाको कति ? 

काठमाडौं, फागुन २९ : सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला छ सय रूपैयाँले बढेको छ । 

अघिल्लो दिन प्रतितोला एक लाख तीन हजार पाँच सयमा कारोबार भएको सुनको मूल्य आज एक लाख चार हजार एक सय तोकिएको छ । 

Hardik ivf

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख तीन हजार छ सय छ । यसको मूल्य अघिल्लो दिनको मूल्य एक लाख तीन हजार थियो । 

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० वृद्धि भई एक हजार दुई सय ५५ पुगेको महासङ्घले जनाएको छ । 

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ। 

प्रकाशित मिति: ११:१७ बजे, सोमबार, फागुन २९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्