Kathmandu Press

निजामती अस्पतालमा राष्ट्रिय व्यक्तित्वलाई उपचारमा सहुलियत दिने कार्यविधि बन्दैछ : मन्त्री मोदी

निजामती अस्पतालमा राष्ट्रिय व्यक्तित्वलाई उपचारमा सहुलियत दिने कार्यविधि बन्दैछ : मन्त्री मोदी

काठमाडाैं, फागुन २८ : सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले निजामती सेवा अस्पतालमा राष्ट्रिय व्यक्तित्वलाई निजामती सरह सुविधा दिने तयारी भइरहेको बताएका छन।

राष्ट्रिय समावेशी म्युजिक अवार्ड वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले राष्ट्रिय व्यक्तिको सम्मानका लागि उपचारमा निजामती सरह सुविधा उपलब्ध गराउने तयारी भइरहेको जानकारी गराएका हुन।

Hardik ivf

'तपाईँहरुको लागि सरकारका तर्फबाट गर्न सक्ने सहयोग र समन्वय गर्न म सदैव तत्पर छु,' मन्त्री मोदीले भने, 'मन्त्रालयअन्तर्गतको निजामती सेवा अस्पतालमा अहिले निजामती सेवाकाले मात्रै सुविधा पाउँछन्, अब त्यहाँ राष्ट्रिय कलाकार, राष्ट्रिय खेलाडी, सहिद तथा बेपत्ता परिवारलाई निजामती सरह सुविधा दिने गरी कार्यविधि बनाउँदैछौँ ।'

राष्ट्रिय व्यक्तित्वको सम्मानका लागि आफूले यो काम गर्न लागेको मन्त्री मोदीको भनाइ थियो । आर्थिक समस्याका कारण कलाकारले जीवनको उतराद्र्धमा उपचार गर्न नसक्ने अवस्था सिर्जना भएको भन्दै मन्त्री मोदीले भने, 'आर्थिक अभावले तपाईँहरुलाई निरास लान सक्छ, राज्यका लागि पुर्याएको योगदानको मूल्याङ्कन भएन कि भन्ने पनि तपाईँहरुलाई लाग्छ । तपाईँहरुसहित राष्ट्रिय व्यक्तित्वको सम्मानमा निजामती अस्पतालमा निजामती सरह उपचारमा सुविधा दिने हाम्रो तयारी छ, तपाईँहरुको कलाको राज्यले उचित सम्मान गर्छ ।' 

मन्त्री मोदीले समाजमा कर्मचारीले हेर्ने दृष्टिकोण परिवर्तन गर्ने समेत बताए । जनताको सेवा दिने सवालमा कर्मचारीले आलटाल गर्ने प्रवृत्तिलाई अन्त्य गरेर भ्रष्टाचारमुक्त समाज निर्माण गरी सुशासन कायम गर्ने दिशामा सरकार लागेको उनले बताए।

प्रकाशित मिति: १९:३४ बजे, आइतबार, फागुन २८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्