Kathmandu Press

सफारीको ठक्करबाट सुनसरीमा एक महिलाको मृत्यु

सफारीको ठक्करबाट सुनसरीमा एक महिलाको मृत्यु
Hardik ivf

सुनसरी, फागुन २८  :  आइतबार सुनसरीमा सवारी दुर्घटनामा परेर एक महिलाको मृत्यु भएको छ । 

जिल्लाको इटहरी उपमहानगरपालिका–२ हलगढास्थित सडकमा को१ह ५६०५ नम्बरको सफारीको ठक्करबाट पैदलयात्री ६८ वर्षीया पुण्यमाया काफ्लेको निधन भएको हो । 

सफारीको ठक्करबाट गम्भीर घाइते भएकी उनको बिराट नर्सिङ होम बिराटनगरमा उपचारको क्रममा आइतबार बिहान मृत्यु भएको छ । दुर्घटनापछि सफारी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति: १८:४१ बजे, आइतबार, फागुन २८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्