Kathmandu Press

जापान सरकारलाई भरतपुर भ्रमण वर्षको निम्तो

भरतपुर महानगरपालिका र जापानको योकोसुका सहरबीच भगिनीसम्बन्ध स्थापना कार्यक्रमसहित सप्ताहव्यापी जापान भ्रमणमा रहेका प्रमुख दाहालले यो अभियानमा सहभागी हुन गैरआवासीय नेपाली सङ्घ (एनआरएनए), जापानमार्फत जापान सरकारलाई निम्तो दिएकी हुन्।
जापान सरकारलाई भरतपुर भ्रमण वर्षको निम्तो

भरतपुर, फागुन २८ : भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले जापान सरकारलाई भरतपुर भ्रमण वर्ष २०२४ को निम्तो दिएकी छन्। 

भरतपुर महानगरपालिका र जापानको योकोसुका सहरबीच भगिनीसम्बन्ध स्थापना कार्यक्रमसहित सप्ताहव्यापी जापान भ्रमणमा रहेका प्रमुख दाहालले यो अभियानमा सहभागी हुन गैरआवासीय नेपाली सङ्घ (एनआरएनए), जापानमार्फत जापान सरकारलाई निम्तो दिएकी हुन्।

Hardik ivf

एनआरएनए जापानले आयोजना गरेको कार्यक्रममा भरतपुर भ्रमण वर्षबारे प्रमुख दाहालले प्रकाश पार्नुभएको थियो। महानगरका प्रेस सल्लाहकार सुरेशचन्द्र अधिकारीका अनुसार दाहालले 'संरक्षणका लागि पर्यटन, पर्यटनका लागि भरतपुर' भन्ने नाराका साथ भ्रमण वर्ष आयोजना गरिएको बताएका थिइन्। 

कार्यक्रममा गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) जापान र अन्य राष्ट्रमा रहेका नेपाली र गैर नेपालीलाई सहभागीता तथा पर्यटकलाई भ्रमण वर्षको प्रर्वद्धन गर्न प्रमुख दाहालले आह्वान गरे।

भरतपुर महानगरपालिका अनुपम प्राकृतिक सौन्दर्यले सम्पन्न, ऐतिहासिक, धार्मिक एवम् सांस्कृतिक सम्पदाले भरिपूर्णमध्य नेपालको महत्वपूर्ण पर्यटकीय गन्तव्य रहेको बताउँदै उनले अभियानलाई सफल बनाउन आवश्यक प्रचारप्रसार, समन्वय र सहकार्य गर्न उनले अपिलसमेत गरे।

महानगरपालिकासँगै चितवन राष्ट्रिय निकुञ्ज, सामुदायिक वन, ताल, नदी, सूर्योदय, सूर्यास्त, पहाड, हिमशृङ्खलाको दृश्यावलोकन जस्ता प्राकृतिक आकर्षण तथा सङ्ग्रहालय, पार्क, धार्मिकस्थल रहेको चर्चा गर्दै उनले पर्यापर्यटन, खेल पर्यटन, स्वास्थ्य पर्यटन, कृषि पर्यटन, सभा–सम्मेलन पर्यटन आदिको विकास भइरहेको बताए। 

भरतपुर भ्रमण वर्ष २०२४ मा दुई लाख बाह्य पर्यटक भित्र्याउने लक्ष्य लिएको छ। कार्यक्रममा जापानका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदी, नेपाल सरकारका विभिन्न मन्त्रालयका कर्मचारी र नेपालका अन्य स्थानीय तहका प्रमुख तथा राजनीतिक प्रतिनिधिसँग भ्रमण वर्षलाई सफल बनाउनेबारे छलफल गरिएको थियो।

कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्की, सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापा, चन्द्रागिरी नगरपालिकाका प्रमुख घनश्याम गिरी, नेकपा एमालेका केन्द्रीय सदस्य विनोद ढकाल, वाईसिएल नेपालका ईन्चार्ज रामप्रसाद सापकोटा ‘दिपशिखा’, नेकपा माओवादी केन्द्रका वैकल्पिक सदस्य अर्जुन पाठकको उपस्थिति रहेको अधिकारीले जानकारी दिए।

प्रकाशित मिति: १६:१३ बजे, आइतबार, फागुन २८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्