नेपाललाई पाचौं सफलता, सन्दीपको बलिङमा रोहन मुस्ताफा आउट

काठमाडौं, फागुन २८ : आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत युएईविरुद्ध सन्दीप लामिछानेले आफ्नो पहिलो विकेट लिएका छन् । लामिछानेले खेलको १३ औं ओभरको चौथो बलमा युएईका रोहन मुस्ताफालाई एलबिडब्लु आउट गरेका हुन् ।
घातक बलिङ गरेको नेपालले पाँच ओभर सकिँदा चार विकेट लिएको थियो । आजको खेलमा ललित नारायण राजवंशीले दुई मेडन विकेट लिए । राजवंशीले पहिलो ओभरको अन्तिम बलमा युएईका ओपनर वृत्य अरबिन्दलाई आउट गरेका थिए । लगत्तै दोस्रो ओभरको चौथो बलमा दिपेन्द्रसिंह ऐरीले आयान लाक्रालाई बोल्ड गरे ।
तेस्रो विकेट पनि ललित नारायण राजवंशीले नै लिए । उनले चौथो ओभरको चौथो बलमा युएईका कप्तान मोहम्मद वसिमलाई पबेलियनको बाटो देखाइदिएका थिए ।
लगत्ते पाँचौं ओभरमा सोमपाल कामीले युएईका ओपनर आशिफ खानलाई पवेलियनको बाटो देखाए । खानलाई सोमपालको बलिङमा आशिफ सेखले क्याच आउट गरेका थिए ।
महत्वपूर्ण विकेट गुमाएको युएई दबाबमा देखिएको छ ।











