Kathmandu Press

प्रदेश १ को नाम कोसी राखिएको विरोधमा प्रदर्शन

प्रदेश १ को कोशी नाम खारेज गर्नुपर्ने र पहिचानको आधारमा पुनः नामाङ्करण गर्नुपर्ने भन्दै लिम्वुवान किरात संयुक्त संघर्ष समिति , किरात राई यायोक्खा, नेपाल मंगर, शेर्पालुङ राष्ट्रिय समन्वय समिति लगाएतले आइतबार काठमाडौंको माइतिघरमा प्रदर्शन गरेका हुन्।
प्रदेश १ को नाम कोसी राखिएको विरोधमा प्रदर्शन

काठमाडौं, फागुन २८ : प्रदेश १ को नाम कोसी राखिएको विरोधमा विभिन्न जातीय संघसंस्थाहरुले काठमाडौंमा प्रदर्शन गरेका छन्।

प्रदेश १ को कोशी नाम खारेज गर्नुपर्ने र पहिचानको आधारमा पुनः नामाङ्करण गर्नुपर्ने भन्दै लिम्वुवान किरात संयुक्त संघर्ष समिति , किरात राई यायोक्खा, नेपाल मंगर, शेर्पालुङ राष्ट्रिय समन्वय समिति लगाएतले आइतबार काठमाडौंको माइतिघरमा प्रदर्शन गरेका हुन्।

जातीय पहिचान झल्किने गरी प्रदेश १ को नामकरण हुनुपर्ने उनीहरुको माग छ। प्रदर्शनमा सहभागीहरुले प्रदेश १ को नाम किराँत, लिम्बुवान शेर्पालुङ नामाकरण गर, पहिचालबादीहरु एक होऔं लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए।

Hardik ivf

मगर संघको सहअध्यक्ष गंगाबहादुर थापा मगरले प्रदेश १ को नामकरण पहिचानका आधारमा हुनुपर्ने बताए। उनले पहिचानका आधारमा प्रदेशको नामकरण नभएसम्म आन्दोलन जारी रहने उनकाे भनाइ थियाे।

जातीय पहिचान झल्किने गरी प्रदेश १ को नामकरण हुनुपर्ने माग गर्दै आएका जातीय समूहहरुले आइतबार कोशी प्रदेश बन्द गराएका छन्। प्रदेश सभाले यही फागुन १७ गते बहुमतले प्रदेशको नाम कोसी पारित गरेको थियो।

koshi pardesh birodh_Moment1678611224.jpg

koshi pardesh birodh_Moment तनचजत्रतजत्रतछ1678611222.jpg

koshi pardesh birodh_Moment चतजत्रतजछत्रङत1678611222.jpg

प्रकाशित मिति: १४:२९ बजे, आइतबार, फागुन २८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्