नेपाललाई दोस्रो सफलता, दीपेन्द्रले लिए विकेट

काठमाडौं, फागुन २८ : ब्याटिङमा खराब सुरुवात गरेको नेपालले बलिङतर्फ सानदार सुरुवात गरेको छ ।
खेलको पहिलो ओभरमै नेपालले पहिलो सफलता प्राप्त गरेको थियो । नेपालका लागि ललितनारायण राजवंशीले पहिलो ओभरको अन्तिम बलमा विकेट लिए । उनले युएईका ओपनर अरबिन्दलाई बोल्ड गरे ।
लगत्तै दोस्रो ओभरको चौथो बलमा दीपेन्द्र सिंह ऐरीले विकेट लिएका छन् । उनको बलिङमा आर्यन लाक्रा बोल्ड हुँदै पवेलियन फर्के ।
युएई जितका लागि २४९ रनको लक्ष्य पछ्याइरहेको छ । आजको खेलमा करण केसी र ज्ञानेन्द्र मल्ल बेन्चमा छन् ।
प्रकाशित मिति: १४:०२ बजे, आइतबार, फागुन २८, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











