Kathmandu Press

नेविसङ्घ काठमाडौँको अध्यक्षमा डङ्गोल

नेविसङ्घ काठमाडौँको अध्यक्षमा डङ्गोल
Hardik ivf

काठमाडौं, फागुन २८ : नेपाली कांग्रेसको  भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ ९नेविसङ्घ०ले काठमाडौँ जिल्लाको अध्यक्षमा मनिष डङ्गोललाई जिम्मेवारी दिएको छ ।

नेविसङ्घका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले आगामी तीन महिनाभित्र नेविसङ्घको जिल्ला अधिवेशन सम्पन्न गर्नका लागि शनिबार डङ्गोललाई जिम्मेवारी प्रदान गरेका हुन् । डङ्गोल काठमाडौँ महानगरपालिका–२६ सामाखुशीका स्थायी बासिन्दा हुन्। 

अध्यक्ष शेर्पाले नेविसङ्घ काठमाडौँको रिक्त अध्यक्ष पदमा सङ्घको विधान २०२७ को छैटौँ संशोधन २०७५ बमोजिम तीन महिनाभित्र जिल्ला अधिवेशन सम्पन्न गर्ने गरी डङ्गोललाई अध्यक्षको जिम्मेवारी दिएका हुन् । नेविसङ्घको विधि, विधान र मर्यादाभित्र रहेर सङ्घलाई गतिशील बनाउने विश्वास सङ्घले लिएको छ। 

प्रकाशित मिति: ०९:४५ बजे, आइतबार, फागुन २८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्