Kathmandu Press

देशका केही क्षेत्रमा मेघ गर्जनसहित पानी पर्ने

मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार दिउँसो देशका पहाडी भूभागका एक, दुई स्थानमा  मेघ गर्जन र चट्याङसहित क्षणिक हल्का वर्षाको सम्भावना रहेको छ।  
देशका केही क्षेत्रमा मेघ गर्जनसहित पानी पर्ने

काठमाडौं, फागुन २८ : आइतबार देशका केही क्षेत्रमा मेघ गर्जनसहित पानी पर्ने भएको छ। 

मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार दिउँसो देशका पहाडी भूभागका एक, दुई स्थानमा  मेघ गर्जन र चट्याङसहित क्षणिक हल्का वर्षाको सम्भावना रहेको छ।  

राति देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। अहिले बिहान देशका पहाडी भूभागहरूमा आंशिक बदली रही बाँकी भूभागहरूको मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ। 

सोमबार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा एक,दुई स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक र हल्का पानी पर्ने अनुमान गरिएको छ। 

प्रकाशित मिति: ०८:०२ बजे, आइतबार, फागुन २८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्