Kathmandu Press

पर्यटन प्रवर्द्धन र विकासमा सहयोग गर्न नाट्टाको आग्रह

पर्यटन प्रवर्द्धन र विकासमा सहयोग गर्न नाट्टाको आग्रह

काठमाडाैं, फागुन २७ : नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले पर्यटन प्रवद्र्धन र विकासमा सहयोग गर्न संयुक्त पर्यटन ट्रेड युनियनसँग आग्रह गरेको छ ।

नाट्टाका अध्यक्ष रमेश थापाले आज विज्ञप्ति जारी गरी विगत केही दिनदेखि संयुक्त पर्यटन ट्रेड युनियन फोरमले नाट्टासँग केही माग राखेर वार्ता गरिरहेको अवस्थामा शुक्रबार नाट्टा सचिवालयमा ताला लगाउने काम भएको भन्दै यसले मुलुकको पर्यटन प्रवद्र्धन र विकासमा सहयोग नपुग्ने बताएका हुन।

Hardik ivf

'सन् २०१५ को विनाशकारी भूकम्प, कोरोना र बैंक तथा वित्तीय संस्थाको चर्को ब्याजदरका कारण थला परेको नेपालको पर्यटन व्यवसायलाई पुनःजीवन दिन नेपालका पर्यटन व्यवसायीको अथक र धैर्यपूर्ण सङ्घर्ष गरिरहेको अवस्थामा कार्यालयमा तालाबन्दी गरिनु गम्भीर विषय भएको छ,' अध्यक्ष थापाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

नाट्टाले नेपालको पर्यटन प्रवद्र्धनमा चाइना सेल्स मिसन, अन्तर्राष्ट्रिय बुद्धिष्ट सर्किट सेल्स मिसन, बुद्धिष्ट इन्टरनेशनल ट्राभल मार्टलगायतको काम गरिरहेको अवस्थामा कार्यालयमा तालाबन्दी गर्दा यसबाट पर्यटक आवागमनसमेत प्रभावित हुने बताएको छ ।

आन्दोलनरत पक्षलाई समस्याको गाम्भीर्यता बुझी बिनाशर्त ताला खोल्न र पर्यटन प्रवद्र्धन र विकासमा सहयोग गर्न नाट्टाले आग्रहसमेत गरेको छ । पर्यटन व्यवसायीले भोग्नुपरेको असहज परिस्थितिप्रति गम्भीर भइदिन र समस्याको समाधानमा सहजीकरण गर्न विभिन्न सरकारी तथा पर्यटन व्यवसायसँग सम्बन्धित सङ्घसंस्थासँग नाट्टाले आह्वानसमेत गरेको छ ।

प्रकाशित मिति: १८:४४ बजे, शनिबार, फागुन २७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्