Kathmandu Press

सेनाद्वारा आयोजित साइकल प्रतियोगिताको उपाधि विष्टलाई

नेपाली सेनाको श्री नं २५ बाहिनी अड्डा भगतपुर ब्यारेकको आयोजना र यहाँस्थित श्रीदल गुल्मको संयोजनमा भएको उक्त खुल्ला साइकल प्रतियोगितामा निर्धारित ४० किलोमिटर दूरी एक घण्टा ३५ मिनेट ३४ सेकेण्डमा पूरा गर्दै विष्टले उपाधि जितेका हुन्।
सेनाद्वारा आयोजित साइकल प्रतियोगिताको उपाधि विष्टलाई

महेन्द्रनगर, फागुन २७ : नेपाली सेनाद्वारा कञ्चनपुरको महेन्द्रनगरमा आज आयोजित ‘दोस्रो शुक्ला–दोधारा चादँनी साइकल यात्रा’ को उपाधि भीमदत्त नगरपालिका–३ का भुवन विष्टले जितेका छन्।

नेपाली सेनाको श्री नं २५ बाहिनी अड्डा भगतपुर ब्यारेकको आयोजना र यहाँस्थित श्रीदल गुल्मको संयोजनमा भएको उक्त खुल्ला साइकल प्रतियोगितामा निर्धारित ४० किलोमिटर दूरी एक घण्टा ३५ मिनेट ३४ सेकेण्डमा पूरा गर्दै विष्टले उपाधि जितेका हुन्।

Hardik ivf

उनी गत वर्ष आयोजित प्रतियोगिताको पहिलो संस्करणको समेत उपाधि विजेता हुन्। उपाधि विजेता विष्टलाई नेपाली सेनाको सुदूरपश्चिम पृतनाका पृतनापति उपरथी विजय थापाले साइकल, ट्रफी र प्रमाणपत्रबाट पुरस्कृत गरे।

‘स्वास्थ्य र पर्यावरणप्रतिको हाम्रो दायित्व’ भन्ने मूल नाराका साथ यहाँका पर्यटीय क्षेत्रको प्रर्वद्धन र संरक्षण गर्ने उद्देश्यले आयोजना गरिएको सो प्रतियोगितामा रणबम गण डडेल्धुराका सिपाही लालबहादुर गुरुङ दोस्रो तथा सोही गणका गणपति प्रमुख सेनानी वालमुकुन्द थापा तृतीय भए।  गुरुङले निर्धारित दूरी एक घण्टा ४० मिनेट तथा थापाले एक घण्टा ४५ मिनेटमा पूरा गरेको सेनाले जनाएको छ।

त्यसैगरी प्रतियोगितामा रणबम गणकै सिपाही मदन विक चौथो र गुरुगोरख गुल्मका सागर चौधरी पाँचौ हुनुभयो। प्रथम, द्धितीय र तृतीयलाई साइकलसहित पुरस्कृत गरिएको छ।

प्रतियोगिता समापन समारोहमा सुदूरपश्चिम पृतनाका पृतनापति उपरथी बिजय थापाले सेनाद्वारा आयोजित साइकल प्रतियोगिताको दोस्रो संस्करणले नेपाली सेना र नागरिकबीचको सम्बन्धलाई थप प्रगाढ बनाउन मद्दत पुगेको बताउनुभयो। प्रतियोगिताले यहाँका धार्मिक तथा अन्य पर्यटकीय सम्भावना बोकेका क्षेत्रको धार्मिक, सांस्कृतिक, ऐतिहासिक र प्राकृतिक गन्तव्यको राष्ट्रिय स्तरमा प्रचारप्रसार गर्न सहयोग पुग्ने उनको भनाइ थियो। 

'पर्यटन प्रवद्र्धन मात्रै नभइ प्रतियोगिताले युवा जनशक्तिमा स्वास्थ्य जागरणका साथै खेलाडी उत्पादनमा योगदान पुग्नेमा विश्वस्त छौँ', उपरथी थापाले भने, 'अझै थप प्रभावकारी कार्यक्रम सञ्चालन गर्न सबैको सहकार्य आवश्यक छ।'

यहाँस्थित रुद्रध्वज गण मझगाउँ व्यारेकमा भएको समापन समारोहमा उपरथी थापाका साथै भीमदत्त नगरपालिकाका नगरप्रमुख पदम बोगटी, बेदकोट नगरपालिकाका नगरप्रमुख भोजराज बोहरा, श्री नं २५ बाहिनी अड्डाका बाहिनीपति सहायकरथी पुरुषोत्तम ढकाल, स्थानीय प्रशासन, सुरक्षा निकायका प्रमुखलगायतको सहभागिता रहेको थियो। साइकल प्रतियोगितामा कञ्चनपुर, डडेल्धुरा,  कैलालीलगायतबाट ७० जना सहभागी थिए। 

प्रकाशित मिति: १६:३२ बजे, शनिबार, फागुन २७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्