Kathmandu Press

बैतडीमा आगलागीबाट १२ लाखको क्षति

मेलौली नगरपालिका–७ हरिपुरबजारस्थित कृष्णसिंह भण्डारीको ‘न्यू ऊर्जा ट्रेडर्स’मा गए राति आगलागी हुँदा क्षति भएको हो।  
बैतडीमा आगलागीबाट १२ लाखको क्षति
Hardik ivf

बैतडी, फागुन २७ : बैतडीमा आगलागी हुँदा रु १२ लाखभन्दा बढीको क्षति भएको छ। मेलौली नगरपालिका–७ हरिपुरबजारस्थित कृष्णसिंह भण्डारीको ‘न्यू ऊर्जा ट्रेडर्स’मा गए राति आगलागी हुँदा क्षति भएको हो।  

विद्युत् सट भई आगलागी हुँदा पसलको सबै सामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिनुभयो। आगलागी लगत्तै स्थानीयवासी र प्रहरीले आगो निभाएका थिए।    

आगलागीबाट हिटर, सोलार, तारलगायत विद्युतीय सामान जलेर नष्ट भएपछि पसल सञ्चालक भण्डारीले राहतका लागि इलाका प्रहरी कार्यालय मेलौलीमा निवेदन दिएका छन्। 

प्रकाशित मिति: १५:२९ बजे, शनिबार, फागुन २७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्