हुण्डी कारोबारमा संलग्न युवक पक्राउ

विराटनगर, फागुन २६ : हुण्डी कारोबारमा संलग्न एक युवकलाई मोरङ प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा मोरङको विराटनगर महानगरपालिका–१५ सुडीका ३१ वर्षीय धर्मानन्द साह रहेका छन् । उनलाई बिहीबार विराटनगर महानगरपालिका–६ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) रन्जन कुमार दाहालले जानकारी दिए।
को २९ प ९७३९ नम्बरको मोटरसाइकलमा सवार साहको साथबाट ४ लाख ७५ हजार नगद, विभिन्न बैंकका चेक, एटीएम कार्ड, भौचर र एक थान मोबाइल फोन बरामद गरेको छ।
पक्राउ परेका साहविरुद्ध हुण्डी सम्बन्धि कसूरमा मोरङ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको डीएसपी दाहालले जानकारी दिए।
प्रकाशित मिति: १७:४५ बजे, शुक्रबार, फागुन २६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार












