Kathmandu Press

राष्ट्रपति निर्वाचनमा नेम्वाङकाे खर्च साढे १६ हजार

राष्ट्रपतिका उम्मेदवार नेम्वाङका निर्वाचन प्रतिनिधि महेशकुमार बर्तौलाले निर्वाचन अधिकृत महेश शर्मालाई खर्च विवरण बुझाएका हुन्।
राष्ट्रपति निर्वाचनमा नेम्वाङकाे खर्च साढे १६ हजार

काठमाडौं, फागुन २६ : राष्ट्रपतिका उम्मेदवार सुवास नेम्वाङले निर्वाचनका क्रममा १६ हजार ५०० खर्च गरेका छन्।

नेम्वाङले आज (शुक्रबार) निर्वाचन आयोगलाई बुझाएको राष्ट्रपति निर्वाचन खर्च विवरणमा त्यति खर्च भएको उल्लेख छ।

Hardik ivf

राष्ट्रपतिका उम्मेदवार नेम्वाङका निर्वाचन प्रतिनिधि महेशकुमार बर्तौलाले निर्वाचन अधिकृत महेश शर्मालाई खर्च विवरण बुझाएका हुन्।

खर्च विवरणमा मतदातालाई एसएमएस गर्दा १० हजार र मसलन्दमा ६ हजार ५०० रुपैयाँ खर्च भएको उल्लेख छ।

बिहीबार भएको राष्ट्रपति निर्वाचनमा आठ ललीय गठबन्धनका तर्फबाट कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल ३३ हजार ८०२ मतभार प्राप्त गर्दै विजयी भए। नेम्वाङले १५ हजार ५१८ मतभारमै सीमित भए। 

प्रकाशित मिति: १५:२८ बजे, शुक्रबार, फागुन २६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्