Kathmandu Press

राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित 

उनले २१४ संघीय सांसद र ३५२ प्रदेश सांसदको मत पाएका हुन् ।
राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित 
फाइल तस्बिर

काठमाडौं, फागुन २५ : राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल निर्वाचित भएका छन् ।  

बिहीबार भएको निर्वाचनमा पौडेलले ३३ हजार ८०२ मतभार प्राप्त गर्दै राष्ट्रपतिमा निर्वाचित भएका हुन् । उनले २१४ संघीय सांसद र ३५२ प्रदेश सांसदको मत पाएका हुन् ।

पौडेललाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चाका सांसदहरूले मत दिए ।

राष्ट्रपतिका लागि एमालेका उम्मेदवार सुवासचन्द्र नेम्वाङले १५ हजार ५१८ मत भार पाए । जसमध्ये ९६ संघीय सांसद र १६२ प्रदेश सांसदको मत उनले पाए ।

संघीय संसद र प्रदेशसभा सदस्यले मतदान गर्ने राष्ट्रपति निर्वाचनमा ३१३ संघीय सांसद र ५१८ प्रदेशसभा सदस्य गरी ८३१ जनाले मतदान गरेका थिए ।

 

प्रकाशित मिति: १६:५२ बजे, बिहीबार, फागुन २५, २०७९
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्