प्रचण्डविरुद्ध सर्वोच्चमा दायर मुद्दाको पेसी भाेलिका लागि सारियाे
बिहीबार न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासमा तोकिएको मुद्दा हेर्न नभ्याइएपछि शुक्रबारका लागि सारिएको हो।
काठमाडौं, फागुन २५ : प्रधानमन्त्री तथा नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा दायर मुद्दाको पेसी भाेलि (शुक्रबार) का लागि सारिएको छ।
बिहीबार न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासमा तोकिएको मुद्दा हेर्न नभ्याइएपछि शुक्रबारका लागि सारिएको हो।
द्वन्द्वकालीन मुद्दालाई लिएर प्रधानमन्त्री प्रचण्डलाई पक्राउ गरी आवश्यक कारबाही गर्न आदेश माग गर्दै मंगलबार सर्वोच्चमा प्रचण्डविरुद्ध दुईवटा रिट दर्ता थियो।
प्रचण्डविरुद्ध रामेछापका कल्याण बुढाथोकी, सुवास गिरी लगायत ८ जना र रामेछापकै ज्ञानेन्द्रराज आरणसहित १४ जनाले रिट दायर गरेका थिए। रिट दायर भएपछि सर्वोच्चले बिहीबारका लागि पेसी तोकेको थियो।
प्रचण्डले २०७६ साल माघ १ गते काठमाडौंको खुल्लामञ्चमा गरेको भाषणका क्रममा जनयुद्धमा मारिएकामध्ये ५ हजारको जिम्मा लिने अभिव्यक्ति दिएकाले पक्राउ गर्नुपर्ने आदेश माग गरिएको छ।











![सुनसरी घटनाको निष्पक्ष छानबिनको माग गर्दै माइतीघरमा प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1785228050.jpg)