Kathmandu Press

कोशी ब्यारेजदेखि पकलीसम्म अनिश्चित कालिन कर्फ्यू

सुनसरीको देवानगन्ज घटनापछि प्रदर्शनकारी र सुरक्षाकर्मीबीच तनाव चुलिँदै हिंसात्मक अवस्था सिर्जना भएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले मंगलबार अपराह्न ३ः३० बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यु आदेश जारी गरेको हो। 
कोशी ब्यारेजदेखि पकलीसम्म अनिश्चित कालिन कर्फ्यू

सुनसरी, साउन १२ : जिल्ला प्रशासन कार्यालय सुनसरीले पूर्वपश्चिम राजमार्गअन्तर्गत कोशी ब्यारेजदेखि इटहरीको पकलीचोकसम्म अनिश्चितकालिन कर्फ्यु आदेश जारी गरेको छ।

सुनसरीको देवानगन्ज घटनापछि प्रदर्शनकारी र सुरक्षाकर्मीबीच तनाव चुलिँदै हिंसात्मक अवस्था सिर्जना भएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले मंगलबार अपराह्न ३ः३० बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यु आदेश जारी गरेको हो। 

प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालद्वारा जारी आदेशअनुसार स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम सुनसरी जिल्लाभित्र पर्ने महेन्द्र राजमार्गको दुवैतर्फ चार किलोमिटर तथा इनरुवा बजार क्षेत्रभित्र कसैलाई पनि आवतजावत गर्न, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक वा घेराउ गर्न निषेध गरिएको छ।

प्रशासनले जारी गरेको आदेशअनुसार कर्फ्यु क्षेत्रको पूर्वी सीमा इटहरीको पकलीचोक, पश्चिममा कोशी ब्यारेजको पुल, तथा उत्तर–दक्षिणतर्फ महेन्द्र राजमार्गदेखि २०० मिटर क्षेत्र तोकिएको छ।

कर्फ्यू कायमै रहेको अवस्थामा आज कोशी कटानमा प्रदर्शनकारीले पसलहरुमा लुटपाट, तोड्फोड र आगजगनी गरेका थिए।

प्रकाशित मिति: १६:१९ बजे, मंगलबार, साउन १२, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्