Kathmandu Press

मिर्गौलासम्बन्धी चेतनामूलक कार्यक्रम

विश्व मिर्गौला दिवसका अवसरमा आयोजित कार्यक्रममा ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जनले यससम्बनधी जनचेतना बढाउनुपर्ने बताए।
मिर्गौलासम्बन्धी चेतनामूलक कार्यक्रम

काठमाडाैं, फागुन २५ : नेपालमा विश्व मिर्गौला दिवस मनाइएको छ। प्रत्येक वर्ष मार्चको दोस्रो बिहीबार यो दिवस विश्वभर मनाइने यो दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ। 

विश्व मिर्गौला दिवसका अवसरमा आयोजित कार्यक्रममा ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जनले यससम्बनधी जनचेतना बढाउनुपर्ने बताए। 'राष्ट्रिय प्रत्यारोपण केन्द्रले चलाएको अभियानलाई निरन्तरता दिनुपर्छ। स्वस्थ जीवन शैली अपनाइ समय समयमा आफ्नो स्वास्थ्य जाँच गराउन जनतामा सचेतना बढाउन आवश्यक छ,' उनले भने।

Hardik ivf

दिवसको अवसरमा मैत्रीपूर्ण फुटबल प्रतियोगिता, अङ्गदान शिविर तथा  मिर्गौला पदयात्रालगायतका विविध कार्यक्रम आयोजना गरिएको छ। 

सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्वास्थ्य अभियान नेपाल र अङ्ग प्रत्यारोपण समाज नेपालले संयुक्त रुपमा कार्यक्रम गरी विश्व मिर्गौला दिवस मनाउने गरेको हो। केन्द्रले मिर्गौला रोगको उपचार र रोकथामबारे सचेतना फैलाउने उद्देश्यले मिर्गौला दिवसको आयोजना गर्दै आएको छ।   

चिकित्सकका अनुसार प्रत्येक १० जनामध्ये एक जनलाई मिर्गौला रोग लाग्ने तथ्याङ्क छ। केन्द्रका निर्देशक श्रेष्ठका अनुसार मिर्गौला तथा विभिन्न अङ्ग काम नगर्ने समस्याले विकराल रुप लिइरहेको अवस्थामा दिवसले स्वस्थ जीवनशैली तथा अङ्ग दानसम्बन्धी जनचेतनामा अभिवृद्धि हुने बताए। 

उनले भन्नुभयो, 'अप्रत्याशितरुपमा आइपर्ने सङ्कटबाट जोखिममा भएका समुदायलाई बचाउन पनि यो दिवसको महत्व छ।' प्राकृतिक विपत्ति र विभिन्न कारणले विश्वमा करिब ८५ करोड मिर्गौलाका बिरामी स्वास्थ्य सेवाबाट वञ्चित हुने गरेको उनले बताए।  

स्थापना भएको १० वर्षमा केन्द्रले एक हजार २६ जनाको मिर्गौला प्रत्यारोपण र नौ जनाको सफल कलेजो प्रत्यारोपण गरेको केन्द्रकी कन्सलटेन्ट नेफ्रोलोजिस्ट डा कल्पना श्रेष्ठले जानकारी दिए। उनले अङ्गदान शिविरबाट पाँच जनाले आफ्नो मृत्युपछिको अङ्ग दानका लागि नाम लेखाएको बताए। 

यसपटकको मिर्गौला दिवसको नारा ‘अप्रत्याशितरुपमा आइपर्ने सङ्कटबाट जोखिममा भएका समुदायलाई बचाउनु’ रहेको छ। कार्यक्रममा  अङ्गदाता, अङ्ग ग्रहणकर्ता र चिकित्सक, नर्स, कालाकार, समाजसेवीको उपस्थिति थियो। 

प्रकाशित मिति: १४:०२ बजे, बिहीबार, फागुन २५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्