Kathmandu Press

दलित मुक्ति संगठनको राष्ट्रिय सम्मेलन जेठमा

संगठनका अध्यक्ष गणेश विश्वकर्माको अध्यक्षतामा हालै बसेको केन्द्रीय कमिटीको पाँचौंँ पूर्ण बैठकले छुवाछूतमुक्त राष्ट्र घोषणा गरेको दिनको अवसर पारेर २०८० साल जेठ २१ र २२ गते छैठौंँ राष्ट्रिय सम्मेलन काठमाडौँमा आयोजना गर्ने निर्णय गरेको हो।
दलित मुक्ति संगठनको राष्ट्रिय सम्मेलन जेठमा

काठमाडाैं, फागुन २५ :  नेकपा (एकीकृत समाजवादी) निकट नेपाल दलितमुक्ति संगठनको छैठौँं राष्ट्रिय सम्मेलन आगामी जेठ २१ र २२ गते काठमाडौंमा हुने भएको छ। 

संगठनका अध्यक्ष गणेश विश्वकर्माको अध्यक्षतामा हालै बसेको केन्द्रीय कमिटीको पाँचौंँ पूर्ण बैठकले छुवाछूतमुक्त राष्ट्र घोषणा गरेको दिनको अवसर पारेर २०८० साल जेठ २१ र २२ गते छैठौंँ राष्ट्रिय सम्मेलन काठमाडौँमा आयोजना गर्ने निर्णय गरेको हो।

Hardik ivf

‘दलित आन्दोलनको पुनर्गठन र रूपान्तरणका लागि राष्ट्रव्यापी अभियान स् दक्षिणपंथी अवसरवाद र सबैखाले विभेद्काविरुद्ध छैठौँ राष्ट्रिय सम्मेलन’ भन्ने मूलनाराका साथका हुने सम्मेलनमा देशभरबाट झण्डै एक हजारभन्दा बढी प्रतिनिधिको सहभागिता रहने प्रचार विभाग प्रमुख गोपाल बराइलीले जानकारी दिए
 
बैठकले आगामी जेठ २१ गतेसम्म तीन महिने ‘संगठन निर्माण तथा परिचालन अभियान’ सञ्चालन गर्ने निर्णय गरेको छ। यही फागुन ३० गतेसम्म जिल्ला र प्रदेश कमिटीका बैठक बस्ने, चैत ७ गतेसम्म स्थानीय कमिटीको सम्मेलन गर्ने, चैत मसान्तसम्म जिल्ला सम्मेलन सम्पन्न गर्ने, २०८० साल वैशाख मसान्तसम्म संगठनको आगामी समाजवादी यात्रा विषयक परामर्श कार्यक्रम सञ्चालन गर्ने, वैशाख १५ गतेसम्म प्रदेश सम्मेलन गर्ने र जेठ २१ र २२ गते छैठौँ राष्ट्रिय सम्मेलन निर्णय गरेको हो।

संगठनले छैठौँं राष्ट्रिय सम्मेलन सम्पन्न गर्न विभिन्न उपसमिति गठन बनाएको छ। जसमा संगठनका अध्यक्ष गणेश विश्वकर्मा संयोजक रहेको ३३ सदस्य मूलव्यवस्थापन तथा परिचालन समिति गठन गरेको छ। 

प्रकाशित मिति: १३:०५ बजे, बिहीबार, फागुन २५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्