Kathmandu Press

ट्र्याक्टर दुर्घटनामा एकजनाको मृत्यु, सात घाइते

ट्र्याक्टर दुर्घटनामा एकजनाको मृत्यु, सात घाइते

काठमाडौं, फागुन २५ : रोल्पाको त्रिवेणी गाउँपालिका–२ दहवनमा गए राति ट्र्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा सात घाइते भएका छन् । 

मृत्यु हुनेमा ट्र्याक्टरमा सवार मजदुर सल्यानको कुमाक गाउँपालिका–६ का ३२ वर्षीय टोपलाल विक रहेको  जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रकाश भुसालले जानकारी दिए। उनको राप्ती विज्ञान प्रतिष्ठान दाङमा उपचारका क्रममा मृत्यु भएको हो ।

Hardik ivf

सडकमा काम गर्ने मजदुर सवार रा१त १७२५ नम्बरको ट्र्याक्टर सडकबाट तल खसेको थियो ।  दुर्घटनामा परी घाइते सातैजनाको दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

ट्र्याक्टर चालक दाङको घोराही उपमहानगरपालिका–३ का २९ वर्षीय नवीन चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

प्रकाशित मिति: १०:२९ बजे, बिहीबार, फागुन २५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्