माधव नेपाललाई समवेदना दिन अध्यक्ष ओली शङ्खमूलमा

काठमाडाैं, फागुन २४ : नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई समवेदना दिएका छन।
आज बुधबार दिउँसो शङ्खमूलस्थित किरियापुत्री भवनमा पुगेर अध्यक्ष ओलीले नेपाललाई भेटेरै समवेदना दिएको अध्यक्ष नेपालका स्वकीय सचिव मोहन गौतमले जानकारी दिए ।
अध्यक्ष नेपालका भाइ तथा नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य सरोजकुमार उपाध्यायको शनिबार भएको दुःखद् निधनमा अध्यक्ष ओली समवेदना दिन त्यहाँ पुगेका थिए। शङ्खमूलस्थित बबिन्स क्याफेको छैटौँ तलाबाट खसेर गम्भीर घाइते भएका उपाध्यायको उपचारका क्रममा शनिबार निधन भएको थियो ।
प्रकाशित मिति: २०:२५ बजे, बुधबार, फागुन २४, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










