Kathmandu Press

बेलायती विदेश राज्यमन्त्री ट्रेभेलियन नेपालमा 

बेलायती विदेश राज्यमन्त्री ट्रेभेलियन नेपालमा 

काठमाडाैं, फागुन २४ : बेलायतकी विदेश, कमनवेल्थ तथा विकास राज्यमन्त्री एन मरि ट्रेभेलियन नेपाल आइपुगेकी छन्। ट्रेभेलियन बुधबार नेपाल आइपुगेकी हुन।

उनले भ्रमणका दौरान प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपाल सरकारका अन्य अधिकारीहरुसँग भेटवार्ता गर्ने कार्यक्रम रहेकाे छ । राज्यमन्त्री ट्रेभेलियनले बुधबार बेलुकी सानो समूहमा नेपालीहरुसँग नेपालको राजनीति र अहिलेको भूराजनीतिक विषयमा छलफल गरेकी थिइन् ।

Hardik ivf

नेपाल–बेलायत सन्धि–१९२३ एक सय वर्ष पुगेको उपलक्ष्यमा राज्यमन्त्री ट्रेभेलियनको नेपाल भ्रमण भएको काठमाडौंस्थित बेलायती दूतावासको एक अधिकारीले जानकारी दिए । उनले अरुण तेस्रो भ्रमणको अवलोकन गर्ने छिन् । उक्त विद्युत् परियोजनामा बेलायतले लगानी बोर्डमार्फत आर्थिक लगानी गरेको छ ।

राज्यमन्त्री ट्रेभेलियनले भ्रमणकै दौरानमा सन्धि एक सय वर्ष पुगेको उपलक्ष्यमा नेपालस्थित बेलायती दूतावासले एक कार्यक्रम गर्दैछ । उनले धरान पुगेर भेट्रान गोर्खाको कार्यक्रममा पनि सहभागिता जनाउने कार्यक्रम रहेकाे छ ।

उनको जिम्मेवारी एसिया–प्रशान्त क्षेत्र हेर्ने हो ।  

प्रकाशित मिति: १९:२६ बजे, बुधबार, फागुन २४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्