महिला दिवसका अवसरमा ललितपुर महानगरपालिकाले साइकल, ह्विलचेयर र्याली
महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा हरेक वर्ष मार्च ८ तारिखका दिन विश्वभर दिवस मनाउने गरिन्छ।
काठमाडौं, फागुन २४ : ११३औँ अन्तर्राष्ट्रिय महिला दिवस, विभिन्न कार्यक्रम गरि नेपालमा पनि मनाइएको छ।
महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा हरेक वर्ष मार्च ८ तारिखका दिन विश्वभर दिवस मनाउने गरिन्छ।
दिवसको यस वर्षको 'नारा डिजिटल : आविष्कार र प्रविधिमा लैंगिक समानता' भन्ने रहेको छ। नेपालले विज्ञान र प्रविधिको क्षेत्रमा महिलाको पहुँच स्थापित गर्ने उद्देश्यले यस वर्ष ‘लैंगिक समानताको बलियो आधारः सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार’ भन्ने राष्ट्रिय नारा तय गरेको छ।
दिवसका अवसरमा ललितपुर महानगरपालिकाले साइकल, ह्विलचेयर र्याली तथा पदयात्रा कार्यक्रमको आयोजना गरेको थियो।
ललितपुरको जावलाखेलबाट सुरु भएको पदयात्रा तथा र्याली मंगलबजार पुगेर समापन भएको थियो। त्यस्तै महानगरले महिला उद्यमीहरुद्वारा उत्पादित बस्तुहरुको प्रदर्शनी गरेको थियो।












