Kathmandu Press

नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि

नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि

काठमाडौं, फागुन २३ : धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १४ दशमलव ४१ अङ्कले उकालो लागेर एक हजार नौ सय ५२ दशमलव ६६ मा पुगेको छ ।

आजको कारोबारपछि ठूला कम्पनीको सेयर कारोबार मापक सेन्सेटिभ परिसूचक एक दशमलव ५३ अङ्कले बढेर तीन सय ७० दशमलव २४ मा पुगेको छ । कारोबार भएका कुल १३ उपसमूहमध्ये दुई उपसमूहको सेयर मूल्य ओरालो लाग्दा ११ उपसमूहको सेयर मूल्यमा गिरावट आएको छ ।

Hardik ivf

आजको कारोबारपछि बजार पुँजीकरण रू २८ खर्ब २८ अर्ब ८२ करोड ५८ लाख नौ सय ८६ बराबर पुगेको छ । विभिन्न कम्पनीका ४० लाख ५९ हजार एक सय ४९ कित्ता सेयर रु एक अर्ब २० करोड ४४ लाख नौ हजार चार सय ११ बराबरको कारोबार भएको छ । 

नेप्सेका अनुसार कारोबारका आधारमा साल्टटे«डिङ कर्पोरेशन शीर्षस्थानमा छ । कम्पनीको रु १२ करोड सात लाख ८५ हजार पाँच सय तीन बराबरको कारोबार भयो । यस्तै हिमालयन डिस्टिलरी रु नौ करोड ३९ लाख ४४ हजार पाँच सय ५९, छिमेक लघुवित्त रु पाँच करोड ४५ लाख २० हजार तीन सय ३७, शिवम् सिमेन्ट रु तीन करोड ११ लाख छ हजार सात सय ३९ र एनआइसी एसिया बैंक रु तीन करोड दुई लाख १९ हजार एक सय ८४ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार सुभम् पावरको सेयर मूल्य १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । यस्तै सुपर मादी हाइड्रोपावर नौ दशमलव ९७, सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम दोस्रो आठ दशमलव शून्य दुई, इमर्जिङ नेपाल पाँच दशमलव ८० र स्वाभिमान लघुवित्तको शेयर मूल्य पाँच दशमलव २४ प्रतिशतले घटेको छ ।

त्यस्तै सिवाइसी नेपाल लघुवित्त पाँच दशमलव १८, नबिल इक्विटी फण्ड तीन दशमलव ८५, समिट लघुवित्त तीन दशमलव ४३, कुमारी धनवृद्धि योजना तीन दशमलव शून्य तीन र सामलिङ पावर कम्पनीको शेयर मूल्य दुई दशमलव ५३ प्रतिशतले घटेको छ । 

प्रकाशित मिति: १६:४६ बजे, मंगलबार, फागुन २३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्