Kathmandu Press

होलीमा झन्डै २६ सय सवारी चालकमाथि कारबाही

काठमाडौं उपत्यका प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गर्ने ४२६ जना रहेका छन् भने लेन अनुशासन उल्ङ्घन गर्ने ९ सहित दुई हजार ५२६ जना सवारी चालकलाई कारबाही गरिएको हो ।
होलीमा झन्डै २६ सय सवारी चालकमाथि कारबाही

काठमाडौं, फागुन २३ : ट्राफिक प्रहरीले नियम उलङघन गरेको कसुरमा सोमबार होलीको दिन दुई हजार ५५६  सवारी चालकलाई कारबाही गरेको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गर्ने ४२६ जना रहेका छन् भने लेन अनुशासन उल्ङ्घन गर्ने ९ सहित दुई हजार ५२६ जना सवारी चालकलाई कारबाही गरिएको हो ।

यसैगरी, रेड लाइट उलङघन गर्ने ६१, अनावश्यक हर्न बजाउने १४, स्पष्ट नदेखिने नम्बर प्लेटसहित हिड्ने २७, अत्याधिक गतिमा सबारी चलाउने  १०४ र अन्य गरी १९९५ जनालाई कारबाही गरिएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । 

Hardik ivf

यसैगरी होलीको क्रममा भक्तपुरमा सोमबार १८ जना पक्राउ परेका छन् । साथै एक सय ११ वटा मोटरसाइकल र एउटा कार नियन्त्रणमा लिइएको जनाइएको छ ।

होलीको क्रममा हुनसक्ने सम्भावित दुर्घटनालाई मध्यनजर गरी ठाउँं ठाउँंमा सवारी चेकिंग गरिएको थियो । 

प्रकाशित मिति: ०८:४३ बजे, मंगलबार, फागुन २३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्