निर्वाचन प्रणालीमा सुधारको माग
प्राथमिक निर्वाचन, नो भोट र प्रतिनिधि फिर्ता बोलाइनुपर्नेलगायत माग पनि सो अभियानले गरेको छ।
काठमाडाैं, फागुन २२ : लोकतन्त्र रक्षाका लागि निर्वाचन प्रणालीमा सुधारको माग गर्दै लोकतान्त्रिक नागरिक अभियानले ११ दिनदेखि माइतीघर मण्डलामा रिले अनशन जारी राखेको छ।
प्राथमिक निर्वाचन, नो भोट र प्रतिनिधि फिर्ता बोलाइनुपर्नेलगायत माग पनि सो अभियानले गरेको छ।
पूर्ण न्यायसहितको लोकतन्त्र र नेपाली नागरिकलाई मतदानको अधिकारको सुनिश्चितता लगायतका मुद्दा सम्बोधन नभएसम्म अनशन जारी रहने अभियानका संयोजक नन्दराज उपाध्यायले बताए।
सो अनशनमा जय महांकाल युवा समूहले पनि समर्थन जनाएको छ।
प्रकाशित मिति: १७:०९ बजे, सोमबार, फागुन २२, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार












