Kathmandu Press

पातारासीमा ‘हाइअल्टिच्युट’ तालिम केन्द्र

पातारासी-३ स्थित लोठचौरमा निर्माण हुने सो केन्द्रका लागि चालु आर्थिक वर्षमा सङ्घीय सरकारबाट रु ५० लाख बजेट विनियोजित भएको छ।
पातारासीमा ‘हाइअल्टिच्युट’ तालिम केन्द्र

जुम्ला, फागुन २२ : जुम्लाको पातारासी गाउँपालिका ‘हाइअल्टिच्युट’ तालिमको केन्द्र बन्ने भएको छ।

पातारासी-३ स्थित लोठचौरमा निर्माण हुने सो केन्द्रका लागि चालु आर्थिक वर्षमा सङ्घीय सरकारबाट रु ५० लाख बजेट विनियोजित भएको छ।

पातारासी गाउँपालिकाका उपाध्यक्ष जनमाया रोकायाले उपभोक्ता समितिमार्फत केन्द्रको निर्माण हुने जानकारी दिए।   

पूर्वपशुपक्षी विकासमन्त्री गोमा गौतम ९कुँवर० को पहलमा पातारासीको लोठचौरमा सो केन्द्र बन्ने लागेको हो।  केन्द्र कर्णालीकै नमुना भएको पातारासी गाउँपालिकाका अध्यक्ष पूर्णसिंह बोहोराले बताए।

पातारासीमा पर्यटकीय सम्भावना धेरै रहेका जनाइएको छ। कालीमार्सी धान फल्ने छुमचौरमा केन्द्र निर्माण गरेर पर्यटन प्रवद्र्धन गर्ने लक्ष्य राखिइएको छ। 

प्रकाशित मिति: १३:२४ बजे, सोमबार, फागुन २२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्