Kathmandu Press

‘स्वदेशी हस्तकला सामानको प्रयोग गरौं’

संस्थाकी अध्यक्ष देवी गुरुङले आफ्नो संस्थाले हस्तकलाका माध्यमबाट महिला सशक्तिकरणमा विशेष योगदान पुर्‍याउँदै आएको बताइन्। उनका अनुसार उक्त प्रदर्शनी मेलामा संस्थाबाट उत्पादिन विभिन्न सामग्री राखिनेछन्।  
‘स्वदेशी हस्तकला सामानको प्रयोग गरौं’

काठमाडाैं, फागुन २२ : ‘स्वदेशी हस्तकला सामानको प्रयोग गरौं, स्वरोजगार सिर्जना गराैं, वातावरण जोगाऔं’ भन्ने नाराका साथ हस्तकला मेला आयोजना हुने भएको छ।

महिला सीप विकास संस्थाद्वारा यही फागुन २४ गते अन्तराष्ट्रिय नारी दिवसका अवसरमा पोखरा सभागृहमा सो मेला आयोजना हुन लागेको हो।  

संस्थाकी अध्यक्ष देवी गुरुङले आफ्नो संस्थाले हस्तकलाका माध्यमबाट महिला सशक्तिकरणमा विशेष योगदान पुर्‍याउँदै आएको बताइन्। उनका अनुसार उक्त प्रदर्शनी मेलामा संस्थाबाट उत्पादिन विभिन्न सामग्री राखिनेछन्।  

Hardik ivf

सो संस्थाले हालसम्म करिब २१ हजार महिलालाई तालिम प्रदान गरिसकेको  र हाल ३ सय ५० महिला उद्यमी आबद्ध रहेको कार्यकारी निर्देशक रामकली खड्काले जानकारी दिइन्। 

२०३२ सालमा स्थापना भएको सो संस्थाले विशेष गरी आर्थिक रुपमा विपन्न, अपागङ्गता भएका, एकल र द्वन्द्वपीडित महिलालाई  सीपमूलक तालिम प्रदान गर्दै स्वरोजगार बनाउँदै आएको छ।  संस्थाले विभिन्न सङ्घ संस्थासँग सहकार्य गर्दै तालिम र आयमूलक कार्यक्रमलाई जोड दिँदै आएको उनले बताए।  

संस्थाको पोखरा ८ सिमलचौरमा करिब तीन रोपनी भाडाको जग्गामा मुख्य कार्यालय सञ्चालित छ  भने पोखरा १३ बाँझापाटन, पोखरा १९ माथिल्लो लामाचौर, पोखरा २७ रिठेपानि र पोखरा ३० गगनगौडामा सम्पर्क कार्यालय सञ्चालित  छन्।

निर्देशक खड्काका अनुसार संस्थाले काँचो धागो खरिद गरी आफै ‘नेचुरल तथा केमिकल डाइङ’ गरी सिकाइ हाते तान बुनाइ पश्चात विभिन्न प्रकारको झोला, पर्स, गुडिया र घर कोठा सजावटका सामान उत्पादन गर्दछ।

स्थानीय कच्चापदार्थ, अल्लो, मकैको खोष्टाबाट फूल, गुडिया लगायतका अनेकाँैं सामान उत्पादन गर्दछ। उत्पादनको ८० प्रतिशत विदेशी बजारमा निर्यात गर्दछ भने २० प्रतिशत सामान पोखरा तथा पर्यटकीय क्षेत्रमा विभिन्न सोरुमबाट बिक्रीवितरण हुने गरेको छ। 

संस्थाले हस्तकला सामान निर्यात गरी विदेशी मुद्रा भित्र्याइ देशको अर्थतन्त्रमा योगदान पुर्‍याएको निर्देशक खड्काले बताउनुभयो। संस्थाका उत्पादन खासगरी अमेरिका, जर्मनी, इटली, कोरिया, क्यानडा, अष्ट्रेलिया, जापानलगायत विभिन्न देशमा अधिक निर्यात हुने गरेको र संस्थालाई  सरकार तथा अन्य विदेशी सङ्घ संस्थाबाट कुनै प्रकारका सहयोग प्राप्त नभएको  उनको भनाइ छ। 

विगतमा यस संस्थामा विभिन्न अन्तर्राष्ट्रिय निकाय भीएसओ, पीआइईसिई, सिओआरई, कोइका, जाइका र सिईसीआइका स्वयंसेवकले सेवा प्रदान गरेका छन्। संस्थाले आफ्नो शाखा कार्यालय पोखरा २७ मा शिशु स्याहार केन्द्र पनि सञ्चालन गरेको छ।

संस्थामा आवद्ध दिदीबहिनीको नानीबाबुहरुलाई शिक्षा आर्जनका लागि समय समयमा नगद तथा जिन्सी, छात्रवृत्ति प्रदान गर्दै प्रोत्साहन गर्ने गरिएको छ। साथै  महिलालाई स्वास्थ्यसम्बन्धी विभिन्न प्रकारका चेतनामूलक कार्यक्रम सञ्चालन गर्ने गरेको छ।

प्रकाशित मिति: १२:४१ बजे, सोमबार, फागुन २२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्