Kathmandu Press

उज्यालो अभियानका लागि ठोरीमा ‘सडक लाइट’

सो संस्थाका अध्यक्ष छतेन्द्र आचार्यले ‘उज्यालो अभियान’ कार्यक्रम अन्तर्गत आइतबार ठोरी गाउँपालिका २ का वडाअध्यक्ष अमृतकृष्ण सापकोटाको रोहबरमा सो सडक लाइट जडान गरिएको जानकारी दिएका हुन् । 
उज्यालो अभियानका लागि ठोरीमा ‘सडक लाइट’

काठमाडौं, फागुन २२ : समाज परिवर्तनका लागि यूवालाई समेट्ने गरी स्थापना भएको संस्था ‘युथ फर चेन्ज’ ले पर्साको ठोरीमा ३५ थान सडक लाइट जडान गरेको छ । 

सो संस्थाका अध्यक्ष छतेन्द्र आचार्यले ‘उज्यालो अभियान’ कार्यक्रम अन्तर्गत आइतबार ठोरी गाउँपालिका २ का वडाअध्यक्ष अमृतकृष्ण सापकोटाको रोहबरमा सो सडक लाइट जडान गरिएको जानकारी दिएका हुन् । 

Hardik ivf

३६ वाट क्षमता रहेको सो सडक लाइट ठोरी २ अन्तर्गत पर्ने हुलाकी सडक देखि गौतमनगर मिलटोलसम्मको मुख्य सडकमा जडान गरिएको अध्यक्ष आचार्यले बताए । अभियानलाई सुरुवात गरिएको र निरन्तरता दिइने आचार्यको भनाइ छ । 

सो संस्थाले सोमबार ठोरी २ गौतमनगरस्थित सरस्वती माध्यामिक विद्यालय प्रांगढमा सांस्कृतीक कार्यक्रसहित होली विशेष कार्यक्रम आयोजना गर्दैछ । कार्यक्रमको मिडिया पार्टनरका रुपमा राजधानी दैनिक, हाम्राकुरा डटकम, नेपाली रेडियो नेटवर्क तथा सामूदायिक रेडियो विजयवस्ति रहेका छन् । 

कार्यक्रम मार्फत पर्यटन प्रवर्दन एवम् संस्कृती संरक्षण गर्ने लक्ष्य यूथ फर चेन्जले लिएको छ ।

प्रकाशित मिति: ०८:२४ बजे, सोमबार, फागुन २२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्