Kathmandu Press

डिफेन्डिङ च्याम्पियन मछिन्द्र जावलाखेलसँग पराजित

डिफेन्डिङ च्याम्पियन मछिन्द्र जावलाखेलसँग पराजित

काठमाडाैं, फागुन २१ : डिफेन्डिङ च्याम्पियन मछिन्द्र क्लब सहिद स्मारक ए डिभिजिन लिगको पहिलो खेलमै स्तब्ध भएको छ। आइतबार साँझ भएको खेलमा मछिन्द्र क्लब जावलाखेल युथ क्लबसँग ३–१ले पराजित भएको हो । 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा सुरुआती अग्रता जोगाउन नसक्दा मछिन्द्र स्तब्ध भयो । खेलमा जावलाखेलका लागि हिसुब थपलिया, कप्तान सिमान्त थापा र मासोबीले गोल गरे। मछिन्द्रका देवेन्द्र तामाङले गोल गरेका थिए।

खेलको २४औं मिनेटमा देवेन्द्र तामाङको गोलमा मछिन्द्रले सुरुआती अग्रता लियो । देवेन्द्रले फ्रिकिकमा गोल गरेका थिए। पहिलो हाफ १–० मै सकियो । 

तर, दोस्रो हाफमा उत्कृष्ट खेल पस्कँदै जावलाखेलले डिफेन्डिङ च्याम्पियनको पोस्टमा तीन गोल गर्‍यो। ५९औं मिनेट हिसुब थपलियाले जावलाखेलका लागि बराबरी गोल गरे। ६४औं मिनेटमा एनकोतो मासोबीले गोल गरेपछि खेलमा जावलाखेललाई अग्रता दिलाए। 

७६औं मिनेटमा कप्तान सिमान्त थापाले गोल गरेपछि खेलमा जावालाखेलले ३–१को अग्रता लियो । उनले हिसुबको फ्रिकिकमा हेडिङमार्फत गोल गरेका थिए।

प्रकाशित मिति: २०:४८ बजे, आइतबार, फागुन २१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्