Kathmandu Press

अभिनेत्री निशा अधिकारीले गरिन क्रिकेटर शरद भेषवाकरविरुद्ध अंशवण्डाको मुद्दा दायर

अभिनेत्री निशा अधिकारीले गरिन क्रिकेटर शरद भेषवाकरविरुद्ध अंशवण्डाको मुद्दा दायर

काठमाडाैं, फागुन २१ : अभिनेत्री निशा अधिकारीले क्रिकेटर शरद भेषवाकरविरुद्ध अंशवण्डाको मुद्दा दायर गरेकी छिन। निशाले काठमाडौं जिल्ला अदालतमा शरदविरुद्ध अंशवण्डाको मुद्दामा दायर गरेकी हुन।

न्यायाधीश कमलप्रसाद ज्ञवालीको इजलासले सम्पत्तिको फाँटबारी माग गर्न आदेश दिएको छ । नाबालक छोरासमेतलाई अंशभाग लगाउनुपर्ने माग गर्दै निशाले पति शरदविरुद्ध मुद्दा हालेकी हुन् । निशाले गत भदौ २८ गते अंशचलनको मुद्दा दायर गरेकी थिइन् ।

२०७४ सालमा यी दुईले विवाह गरेका थिए । विवाहअघि यी दुईजना प्रेम सम्बन्धमा थिए । २०७५ सालमा अमेरिकामा पुगेर निशाले छोरालाई जन्म दिएकी थिइन् । यतिबेला दुवै जना नेपालमा बस्दै आएका छन् । निशा फिल्म करिअरमा व्यस्त छिन् भने शरद राष्ट्रिय टिममा समावेश छैनन् ।

निशाले सम्बन्धविच्छेदको मुद्दा भने दायर गरेकी छैनन् ।

प्रकाशित मिति: १९:४८ बजे, आइतबार, फागुन २१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्