मध्यपश्चिम विश्वविद्यालय स्ववियु निर्वाचनमा तीन विद्यार्थी संगठनको तालमेल
मध्यपश्चिम विश्वविद्यालयको आगामी चैत ३ मा हुन लागेको स्ववियु निर्वाचनमा अनेरास्ववियु, अनेरास्ववियु (क्रान्तिकारी) र अनेरास्ववियूबीच तालमेल गर्ने सहमति भएको छ।
काठमाडौं, फागुन २१ : मध्यपश्चिम विश्वविद्यालय (मवि) हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा तीन ठुला विद्यार्थी सङ्गठनले तामलेल गरेका छन्।
मध्यपश्चिम विश्वविद्यालयको आगामी चैत ३ मा हुन लागेको स्ववियु निर्वाचनमा अनेरास्ववियु, अनेरास्ववियु (क्रान्तिकारी) र अनेरास्ववियूबीच तालमेल गर्ने सहमति भएको छ।
अखिल (क्रान्तिकारी) का महासचिव दिपेश पुनले मध्यपश्चिम विश्वविद्यालय हुने स्ववियु निर्वाचनमा तीन विद्यार्थी सङ्गठनबीच ११ ठूला आङ्गिक क्याम्पसमा तालमेल गर्ने सहमति भएको जानकारी दिए।
उनका अनुसार अनेरास्ववियुले पाँच क्याम्पस, अनेरास्ववियु (क्रान्तिकारी) ले चार र अनेरास्ववियुले दुई क्याम्पसमा स्ववियु सभापतिमा समर्थन गर्ने गरी तालमेल भएको छ।
अनेरास्ववियुले सभापतिमा नारायण बहुमुखी क्याम्पस दैलेख, बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुर, बबई बहुमुखी क्याम्पस बर्दिया, भेरी ज्ञानोदय बहुमुखी क्याम्पस जाजरकोट र भेरी शिक्षा क्याम्पस सुर्खेत पाउने छ भने अनेरास्ववियु क्रान्तिकारीले केन्द्रीय क्याम्पस, तिला कर्णाली बहुमुखी क्याम्पस कालिकोट, मुसिकोट खलङ्गा बहुमुखी क्याम्पस रुकुम र जलजला बहुमुखी क्याम्पस रोल्पा पाउनेछन्।
साथै, अनेरास्ववियुले रारा बहुमुखी क्याम्पस मुगु र विद्यापुर बहुमुखी क्याम्पस सुर्खेतमा स्ववियु सभापति पाउने गरी सहमति गरिएको छ।
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










