Kathmandu Press

सुदूरपश्चिमका मुख्यमन्त्रीले आज विश्वासको मत लिने

आज दिउँसो १ बजे आह्वान गरिएको प्रदेशसभा बैठकमा विश्वासको मत लिने बताइएको हो । संविधानको धारा १६८ को उपधारा (३) बमोजिम नियुक्त मुख्यमन्त्रीले सोही धाराको उपधारा (४) अनुसार नियुक्त भएको ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नुपर्ने हुन्छ । 
सुदूरपश्चिमका मुख्यमन्त्रीले आज विश्वासको मत लिने

काठमाडौं, फागुन २१ : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज विश्वासको मत लिने भएका छन् । 

आज दिउँसो १ बजे आह्वान गरिएको प्रदेशसभा बैठकमा विश्वासको मत लिने बताइएको हो । संविधानको धारा १६८ को उपधारा (३) बमोजिम नियुक्त मुख्यमन्त्रीले सोही धाराको उपधारा (४) अनुसार नियुक्त भएको ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नुपर्ने हुन्छ । 

Hardik ivf

एमालेका राजेन्द्र सिंह रावललाई नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिएपछि ठुलो दलको हैसियतमा कांग्रेसका शाहलाई माघ २६ मा प्रदेश प्रमुखले मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । यता नेकपा (माओवादी केन्द्र) को सुदूरपश्चिम प्रदेश संसदीय दलले यथास्थितिमा मुख्यमन्त्री शाहलाई विश्वासको मत नदिने निर्णय गरेको छ । 

शनिबार बसेको संसदीय दलको बैठकले नेपाली कांग्रेसले आफूहरुसँग छलफलसमेत नगरेको भन्दै आपत्ति पनि जनाएको छ । दलले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पत्र लेख्दै यसको जानकारी गराउँदै मुख्यमन्त्रीमा माओवादीकै दाबी रहेको बताएको छ ।
 
प्रकाशित मिति: ०७:४० बजे, आइतबार, फागुन २१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्