Kathmandu Press

सिउरेनी–भञ्ज्याङखर्क खानेपानी आयोजनाबाट बेथानचाेकका २२३ घरधुरी लाभान्वित

सिउरेनी–भञ्ज्याङखर्क खानेपानी आयोजनाबाट बेथानचाेकका २२३ घरधुरी लाभान्वित

काभ्रे, फागुन १९ : काभ्रेको बेथानचोक गाउँपालिकामा १ करोड ९३ लाख ६३ हजार लागतमा निर्माण भएको  खानेपानी आयोजना उद्घाटन भएको छ । बेथानचोकमा सिउरेनी–भञ्ज्याङखर्क खानेपानी आयोजनाको निर्माण पुस अन्तिममा सम्पन्न भएको थियो । शुक्रबार गाउँपालिकाका अध्यक्ष  भगवान अधिकारीले आयोजनाको उद्घाटन गरेका हुन् । 

उक्त खानेपानी आयोजनाबाट २२३ घर धुरीका १ हजार ३३७ जना प्रत्यक्ष लाभान्वित भएका छन् । नेपाल स्वास्थ्यका लागि पानी (नेवा)को प्रावधिक सहयोगमा उक्त आयोजना अघिल्लो बर्षको भर्दौमा निर्माण सुरु भएको थियो । आयोजना निर्माणका लागि गाउँपालिकाले ४९ लाख २२ हजार ६४६ , रोटरी क्लब बौद्धले ९२ लाख ७३ हजार ९४३, समदुायबाट ६ लाख ९९ हजार संकलन गरिएको थियो । आयोजनामा ४७ लाख ६७ हजार ६६७ बराबरको श्रमदान लागेको छ । 
 No description available.

आयोजना बनेसँगै पानीको समस्याबाट स्थानीयले छुटकारा पाएको बेथानचोकका अध्यक्ष भगवान अधिकारीले बताए । उनले पानीको समस्याबाट सिंगो बेथानचोक गाउँपालिका पनि चाँडै नै मुक्त हुने बताए ।   

Hardik ivf

संविधानले धारा ३५ (४) मा प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँचको हक हुने गरी स्वास्थ्य सम्बन्धी हकको सुनिश्चित गरेको भए पनि खानेपानी कै प्यास मेटाउनकै कारण थातथलो छाड्नुपर्ने स्थिति आउनु विगतका विडम्बना भएको अध्यक्ष अधिकारी बताउँछन् । 

मानिस र प्रकृतिका लागि अत्यावश्यक वस्तु पानीको समस्या अहिले विश्वव्यापी चिन्ता र चासोको विषय बनेको अध्यक्ष अधिकारीको धारणा छ । समुन्नत जीवनको लागि मानिसहरू बसाइँ सरी गइरहेको सन्दर्भमा घर घरमा पर्याप्त मात्रामा स्वच्छ खानेपानी भएमा नागरिकले विभिन्न प्रकारका खेति किसानीका मार्फत आय आर्जनतर्फ लाग्ने र उत्पादित उपज बजारसम्म लगी आयश्रोत बढाउन सक्ने भएकाले विकासका अन्य पूर्वाधारलाई पनि सँगै विकास गरिदैं लौजाने उनले बताए । 

No description available.

कार्यक्रममा उनले रोटरी क्लब बौद्ध, रोटरी क्लब स्कटल्याण्डका प्रतिनिधि, नेवा र बेथानचोक गाउँपालिका र स्थानीय श्रमदानसमेतबाट करिब १४ सय जनसंख्याका लागि खानेपानी सहज बनाउने स्थानीय, अग्रज, श्रमदाताहरुप्रति आभार प्रकट गरे । 

कार्यक्रममा गाउँपालिकाका पूर्व अध्यक्ष प्रेमबहादुर तिमल्सिनाले नागरिकको चेतनास्तर वृद्धि गर्न सके समाज रुपान्तरणमा टेवा पुग्ने बताउनु भयो । तब नागरिक सचेत बन्छन जब समुदायमा शिक्षा स्वास्थ्य, खानेपानी लगायतका पूर्वाधार मापदण्ड अनुरुप बनेका हुन्छन भन्नु हुँदै उहाँले आयोजनाका लागि आफ्नो कार्यकालमा चालिएका कदमबारे प्रष्ट पारे ।

वडा अध्यक्ष विष्णु तामाङले खानेपानी अभावकै कारण स्थानीयले झेल्नु परेको दुःख अब एक घर एक धारा आएसँगै दुर भएको र पानी लिन भनेर खर्चिनु पर्ने समय आयआर्जनमा लगानी गर्दै समृद्धिको यात्रामा लाग्न वडाबासीलाई आग्रह गरे। 

प्रकाशित मिति: १५:०३ बजे, शुक्रबार, फागुन १९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्