Kathmandu Press

स्ववियु निर्वाचन प्रक्रिया आजदेखि सुरु

निर्वाचनका लाथि विद्यार्थी सङ्गठनले दर्ता गराएका छन्। विभिन्न क्याम्पसमा र्यालीसहित उनीहरुले संगठनको नाम दर्ता गराएका हुन्।
स्ववियु निर्वाचन प्रक्रिया आजदेखि सुरु

काठमाडौं, फागुन १९ : त्रिभुवन विश्वविद्यालयले चैत ५ गते गर्न लागेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन प्रक्रिया शुक्रबारदेखि सुरु भएको छ।

निर्वाचनका लाथि विद्यार्थी सङ्गठनले दर्ता गराएका छन्। विभिन्न क्याम्पसमा र्यालीसहित उनीहरुले संगठनको नाम दर्ता गराएका हुन्।

Hardik ivf

त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका अनुसार दर्ता भएका विद्यार्थी सङ्गठनले मात्र निर्वाचनमा भाग लिन पाउनेछन्।

यस्तै निर्वाचन कार्यतालिका अनुसार विद्यार्थी सङ्गठनले यही फागुन २७ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म समानुपातिक तथा प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता गराउनेछन्।

यस्तै स्ववियु निर्वाचनका लागि आगामी चैत ५ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म समय तोकिएको तोकिएको छ। देशभरिका त्रिविका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा निर्वाचन हुनेछ।
 

प्रकाशित मिति: १३:५६ बजे, शुक्रबार, फागुन १९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्