गण्डकी प्रदेशसभाको चालु अधिवेशन अन्त्य

गण्डकी, फागुन १८ : गण्डकी प्रदेशसभाको चालु अधिवेशन अन्त्य भएको छ । गण्डकी प्रदेश सरकार मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख पृथ्वीमान गुरुङले प्रदेशसभाको चालु अधिवेशन आजै राति १२ बजेदेखि अन्त्य गरेका प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले जारी गरेकाे विज्ञप्तिमा जनाइएको छ ।
दुई विधेयक प्रमाणीकरण
प्रदेश प्रमुख गुरुङले दुई विधेयक प्रमाणीकरण गरेका छन। गण्डकी प्रदेशसभाबाट पास भई आएका गण्डकी प्रदेशको निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र स्थानीय सेवाको गठन, सञ्चालन र सेवाको शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेश प्रमुख गुरुङले प्रमाणीकरण गरेकाे प्रवक्ता अर्यालले जानकारी दिए।
प्रकाशित मिति: २०:१२ बजे, बिहीबार, फागुन १८, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










