अठार महिने छोरीको हत्या गर्ने बुबा पक्राउ

बागलुङ, फागुन १८ : जिल्लाको जैमिनी नगरपालिका–४ सर्कुवा मौलाछमा १८ महिनाकी बालिका असरा खातुनको बुधबार साँझ हत्या गरेको आरोपमा प्रहरीले उनका बुबा २७ वर्षीय सायरदिन मियाँलाई पक्राउ गरेको छ ।
बालिकाकी आमा नभएको मौकामा छारीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर थापाले जानकारी दिए।
मियाँले मादक पदार्थ तथा लागुऔषध सेवा गर्दै आएको र श्रीमतीलाई कुटपिट गरे माइत लखेटेको बुझिएको छ । प्रहरीले बालिकाको शव परीक्षणका लागि बागलुङ ल्याएको छ । आरोपित मियाँलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बागलुङमा ल्याइएको थापाको भनाइ छ ।
प्रकाशित मिति: १९:०८ बजे, बिहीबार, फागुन १८, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार












