Kathmandu Press

मिटरब्याजबाट पीडितहरूको जनकपुरधाममा प्रदर्शन

मिटरब्याजबाट पीडितहरूको जनकपुरधाममा प्रदर्शन

महेन्द्रनगर, फागुन १८ : मिटरब्याजबाट पीडितहरूले मधेस प्रदेश राजधानी जनकपुरधाममा प्रदर्शन गरेका छन् । बिनाधितो ऋण दिने प्रलोभनमा पारेर चरम आर्थिक शोषण गर्दै आएको भन्दै जनकपुरधाममा आज मिटरब्याजबाट पीडितले मिटरब्याजी र लघुवित्त वित्तीय संस्थाविरुद्ध प्रदर्शन गरेका हुन् ।

विभिन्न प्रलोभन देखाएर महिलाहरूको समूह गठन गरेर आर्थिक शोषण गर्दै आएको भन्दै मिटरब्याजविरुद्धको सङ्घर्ष समिति नेपालको आयोजनामा पीडितहरूले प्रदर्शन गरेका हुन् ।

Hardik ivf

ऋण लिँदा आकर्षक ‘अफर’ भन्ने र पछि ३६ प्रतिशतसम्म ब्याज असुल्ने गरी सञ्चालक रातारात करोडपति बनेको उनीहरूको आरोप छ । गाउँ, बस्ती र सहरबजार जताततै महिला समूह गठन गर्दै बिनाधितो ऋण दिने प्रलोभनमा बचतका नाममा रकम लुटेर आफू मोटाउने र समुदायलाई कङ्गाल बनाउने गरेकाले आन्दोलनमा उत्रिनुपरेको पीडितहरूकोे भनाइ छ ।

ऋण मिनाहाको मागसहित आन्दोलनमा उत्रिएका पीडितहरूले आज स्थानीय रङ्गभूमि मैदानबाट प्लेकार्डसहित विरोध प्रदर्शन गर्दै जिल्ला अदालत, उच्च अदालत, जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय हुँदै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय घेराउ गरेका छन् ।

प्रदर्शनमा सहभागीले सुदखोरहरूलाई गिरफ्तार गर, तमसुक व्यवस्था खारेज गर, मिटरब्याजीको सम्पत्ति छानबिन गर, पीडितको सम्पत्ति फिर्ता गर, मिटरब्याजीले गरेको यौन शोषणको छानबिन गरी दोषीलाई कारबाही गरलगायतका नारा लगाएका छन् ।

प्रकाशित मिति: १८:५३ बजे, बिहीबार, फागुन १८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्