हायसको ठक्करबाट सिन्धुलीमा बालिकाको मृत्यु
प्रहरीका अनुसार उक्त हायसलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने फरार चालकको खाेजी भइरहेको छ।
सिन्धुली, फागुन १८ : हायसको ठक्करबाट सिन्धुलीमा एक बालिकाको मृत्यु भएको छ।
बिपी राजमार्गअन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका–७ को माझीटारमा हायसको ठक्करबाट आज (बिहीबार) तीनपाटन गाउँपालिका–११ का कमल तामाङकी ९ वर्षीया छोरी ममताको मृत्यु भएको प्रहरीले जनाएको छ।
पानी किन्न सडक पार गर्ने क्रममा काठमाडौंबाट काँकडभिट्टातर्फ जाँदै गरेको बा४ख ६६७३ नम्बरको हायसले उनलाई लाई ठक्कर दिएको थियो। प्रहरीका अनुसार उक्त हायसलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने फरार चालकको खाेजी भइरहेको छ।
प्रकाशित मिति: १७:१३ बजे, बिहीबार, फागुन १८, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-(32)-1764944804.jpeg)
