Kathmandu Press

रामप्रसाद राईले नेपालको प्रजातन्त्र स्थापनार्थ पुर्‍याएको योगदानको स्मरण

प्रजातान्त्रिक योद्धा जननायक रामप्रसाद राईको ११४औं जन्मजयन्तीका अवसरमा रामप्रसाद राई स्मृति प्रतिष्ठानले बिहीबार काठमाडौंमा गरेको कार्यक्रममा सहभागीहरुले राणाकालीन अवस्थामा नेपालमा प्रजातन्त्र स्थापनार्थ राइले पुर्‍याएको योगदान अविष्मरणीय रहेको धारणा राखेका थिए।
रामप्रसाद राईले नेपालको प्रजातन्त्र स्थापनार्थ पुर्‍याएको योगदानको स्मरण

काठमाडौं, फागुन १८ : प्रजातान्त्रिक योद्धा जननायक रामप्रसाद राईले नेपालको प्रजातन्त्र स्थापनार्थ पुर्‍याएको योगदानको स्मरण गरिएको छ।

प्रजातान्त्रिक योद्धा जननायक रामप्रसाद राईको ११४औं जन्मजयन्तीका अवसरमा रामप्रसाद राई स्मृति प्रतिष्ठानले बिहीबार काठमाडौंमा गरेको कार्यक्रममा सहभागीहरुले राणाकालीन अवस्थामा नेपालमा प्रजातन्त्र स्थापनार्थ राइले पुर्‍याएको योगदान अविष्मरणीय रहेको धारणा राखेका थिए।

Hardik ivf

कार्यक्रममा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले इतिहास यथार्थपरक ढंगले आउन नसकेको र राइका चाहनाहरु पूरा गर्नेगरी व्यवस्थामा परिवर्तन भएपनि अवस्थामा परिवर्तन हुन नसकेको बताए। विभिन्न स्थानमा पुगेका पात्रहरुले व्यवस्थाका साथै अवस्थालाई पनि परिवर्तन गर्न लागिरहेको उनले बताए।

उनले राईको योगदानको लिखत कृति प्रकाशित गर्नुपर्ने बताए। सात सालमा प्रजातन्त्र आएपछि पनि त्यो आफूलाई मान्य नहुने भन्दै सिंहदरबारमा विरोध गर्न पुगेका राई २००८ साल माघ ८ गते सिंहदरबारबाटै बेपत्ता भएका थिए।

प्रकाशित मिति: १६:०६ बजे, बिहीबार, फागुन १८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्