Kathmandu Press

पहाडमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना

अहिले कोशी प्रदेशका साथै देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको विभागले जनाएको छ। 
पहाडमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना

काठमाडौं, फागुन १८ : जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।

अहिले कोशी प्रदेशका साथै देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको विभागले जनाएको छ। 

विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखका अनुसार आज (बिहीबार) दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। 

कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका  पहाडी भूभागका एक,दुई स्थानमा मेघ गर्जन तथा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका  उच्च पहाडी तथा हिमाली भूभागका एक,दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। 

बिहीबार राति कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका  पहाडी भूभागमा आंशिक बदली रही देशका बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।  

कोशी प्रदेशका पहाडी भूभागका एक,दुई स्थानमा मेघ गर्जन तथा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। 

प्रकाशित मिति: ०७:५९ बजे, बिहीबार, फागुन १८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्