Kathmandu Press

रास्वपाको चुनाव चिह्न फेरियो

रास्वपाको चुनाव चिह्न फेरियो

काठमाडौं, फागुन १७ : राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०को चुनाव चिह्न फेरिएको छ । यसअघि गोलाकारको बीचमा घण्टीको आकृति भएको चुनाव चिह्नलाई संशोधन गरेर ‘घण्टी’ चुनाव चिन्ह्न बनाइएको हो। 

रास्वपाका प्रवक्ता एवं महामन्त्री डा मुकुल ढकालले पार्टीले निर्वाचन आयोगमा पेस गरेको पार्टीको विधानको अनुसूची २ मा रहेको साविक चुनाव चिह्नसम्बन्धी व्यवस्थामा परिवर्तन गर्न पेस गरेको संशोधन प्रस्तावलाई निर्वाचन आयोगका बैठकले स्वीकृत गरेसँगै चुनाव चिह्न ‘घण्टी’ कायम भएको जानकारी दिए। 

Hardik ivf

May be an image of text that says 'चुनाव चिन्ह साविक "गोलाकारको बीचमा घण्टीको आकृति" हाल "घण्टी"'

रवि लामिछाने नेतृत्वको रास्वपाले गत मङ्सिर ४ गतेको निर्वाचनमा गोलो घेराभित्रको घण्टी चुनाव चिह्न लिएर निर्वाचनमा भाग लिएको थियो । प्रतिनिधिसभामा मात्र उम्मेदवारी दिएको रास्वपाले प्रतक्ष्यमा सात सिट र समानुपातिकमा १३ सिट ल्याएको थियो थियो।

प्रकाशित मिति: १७:५४ बजे, बुधबार, फागुन १७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्