भक्तपुरमा बालिका बलात्कारको आरोपमा एक जना पक्राउ

भक्तपुर, फागुन १७ : प्रहरीले आफ्नै घरमा डेरा गरी बस्ने १७ वर्षीया बालिकामाथि जवरजस्ती करणी गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ ।
भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नं १ लोकन्थलीमा डेरामा बस्ने दोलखा मेलुग गाउँंपालिका वडा नं ५ घर भएका वर्ष २३ का जय भन्ने श्री थापालाई पक्राउ गरेको हो ।
पीडितका आफन्तले दिएको जाहेरी दरखास्तका आधारमा उनलाई पक्राउ गरेको भक्तपुर प्रहरी परिसरले जनाएको छ । उनले फागुन ७ गते बलात्कार गरेको आरोप रहेको परिसरका सूचना अधिकारी कुमारप्रसाद मैनालीले जनाए ।
मध्यपुर थिमि नगरपालिका वडा नं ६ पुरानो थिमिबाट नियन्त्रणमा लिई जबरजस्ती करणी कसुरमा जिल्ला अदालत भक्तपुरमा पेश गरेको र अदालतले ६ दिन म्यान थप गरी प्रहरी बृत थिमि भक्तपुरमा राखिएको छ ।
प्रकाशित मिति: ०७:५९ बजे, बुधबार, फागुन १७, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार












