नारायणीमा हाम फालेका युवकको ९ किमी तलबाट जीवितै उद्धार

चितवन, फागुन १६ : भरतपुर महानगरपालिका–३ पुल्चोकस्थित पुलबाट नारायणी नदीमा हाम फालेका युवाको जीवितै उद्धार भएको छ ।
खैरहनी नगरपालिका ९ बस्ने २० वर्षीय मनिष महतो उक्त नदीमा हाम फाले पछि खोजीमा खटिएको सशस्त्र प्रहरीको टोलीले जिवितै उद्धार गरेको हो ।
हाम फालेको जनाकारी पाए लगत्तै नारायणी किनारमा गोताखोरसहित तैनाथ सशस्त्र प्रहरी बल नेपाल ईमिडियट रेस्पोन्स टिम (आईआरटी) पोष्ट पुल्चोकले उनलाई घटनास्थल भन्दा करिब १ किलोमिटर तल नदीको बीचबाट महतोलाई जीवितै उद्धार गरेको हो ।
सशस्त्र प्रहरी बल प्रधान कार्यालयका अनुसार उद्धार पश्चात् उनलाई उपचारको लागि स्थानीय अस्पतालतर्फ पठाइएको थियो ।
प्रकाशित मिति: २०:१३ बजे, मंगलबार, फागुन १६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










